काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला पनौती निवासी नेपाली कांगे्रसका केन्द्रिय सदस्य शिवप्रसाद हुमागाईँलाई मातृशोक परेको छ ।
केन्द्रिय सदस्य हुमागाईँको आमा देवमाई हुमागाईँको ९१ वर्षको उमेरमा आज (मंगलवार) दिउसो ४:४५ बजेको समयमा आफ्नै निवासमा निधन भएको थियो ।
स्व. हुमागाईँ चार छोरा र दुई छोरी आमा हुनुहुन्छ । छोराहरूमा कृष्ण प्रसाद हुमागाईँ ‚ शिवप्रसाद हुमागाईँ ‚ सहकुल हुमागाईँ र रघुनाथ हुमागाईँ । दुई छोरीहरूमा ईश्वरी दाहाल र स्व.मैया सापकोटा समेत गरी छ जनालाई जन्म दिनु भएको थियो ।
स्व.हुमागाईको निधनप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । शोकको यस घडिमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दर्छौ ।
प्रतिक्रिया दिनुहोस