२०८१ पौष २३, मंगलबार | Tue, 07, Jan, 2025

शारीरिक र मानसिक विकासका लागि ग्रामीण पाठशालामा खेलकुद


३९७९ पाठक संख्या
  • २०८१ पौष २२, सोमबार मा प्रकाशित १ दिन अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका भकुण्डेवेसीमा रहेको ग्रामीण पाठशालामा खेलकुद सप्ताह (क्उयचत ःभभत) (आईवार) हिजो बाट सुरु भएको छ । विद्यालयले विद्यार्थीहरूका शारीरिक र मानसिक विकासका लागि यो कार्यक्रम आयोजना गरेको हो ।

    खेलकुद सप्ताहको उद्घाटन समारोह विद्यालयका संस्थापक एवं प्रधानाध्यापक बिदुर शर्मा भण्डारी को अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा बिधालय इन्चार्ज शौरव प्रकाश मैनालीले खेलकुद सम्योजक तथा भाइस प्रीन्सेपल राजिव ताजपुरिया सरलाइ खेल्कुद सामाग्री हस्तान्तरण गरि सुरु गरिएको थियो । समारोहमा शिक्षक, विद्यार्थी, अभिभावक, र स्थानीय व्यक्तित्वहरूको उत्साहजनक उपस्थिति देखिएको थियो ।

    खेलकुद सप्ताह अन्तर्गत एथलेटिक्स, फुटबल, भलिबल, कबड्डी लगायतका प्रतियोगिताहरू समावेश गरिएका छन्। यस कार्यक्रमले विद्यार्थीहरूमा अनुशासन, सहयोग, र प्रतिस्पर्धात्मक भावना विकास गर्न योगदान पु¥याउने विश्वास विद्यालयले व्यक्त गरेको छ ।

    खेलकुद सप्ताह आगामी ३ दिनसम्म जारी रहनेछ, जसको समापन विशेष पुरस्कार वितरण समारोहसहित गरिनेछ । प्रीन्सीपलले आफ्नो मन्तव्यमा भनेः “खेलकुदले विद्यार्थीहरूको जीवनमा आत्मविश्वास, स्वास्थ्य, र नेतृत्व क्षमता विकास गर्दछ । ग्रामीण पाठशालाले विद्यार्थीहरूका सम्पूर्ण पक्षहरूको विकासका लागि सधैं प्रतिबद्ध रहन्छ ।
    कार्यक्रमको सफलताका लागि विद्यार्थी, अभिभावक, र स्थानीय समुदाय सबैको साथ र सहयोग आवश्यक रहेको विद्यालयले जानकारी दिएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार