२०८१ पौष २४, बुधबार | Wed, 08, Jan, 2025

सार्वजनिक यातायातको भाडा बढ्यो


२१८५ पाठक संख्या
  • २०८१ पौष २२, सोमबार मा प्रकाशित १ दिन अघि
  • २२ पुस, काठमाडौं। सरकारले  सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ ।  यातायात व्यवस्था विभागका अनुसार आजै (२२ पुस)बाट लागु हुने गरी सार्वजनिक यातायातका यात्रुबाहक तथा मालबाहक सवारी साधनको भाडा बढाएको हो ।

    यात्रुबाहक सवारी साधनको सवारी भाडा ३.३० प्रतिशतले बढाइएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.०५ प्रतिशतले बढाउने निर्णय भएको विभागले जनाएको छ ।

    यसपटक दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रिय स्तरका सार्वजनिक यातायातका रुटमा सञ्चालन हुने) सार्वजनिक यातायातका सवारीको भाडा समायोजन गरिएको विभागको भनाई छ । पछिल्लो सयम ३१ साउन २०८० मा भाडा समायोजन भएपछि आज नयाँ भाडादर तोकिएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु