२०८१ माघ १७, बिहिबार | Thu, 30, Jan, 2025

सोनाम ल्होछारको अवसरमा तात्यो खानिखोला


१५३५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ माघ १६, बुधबार मा प्रकाशित १ दिन अघि
  • काभ्रेपलाञ्चोक । सोनाम ल्होछारको अवसरमा काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिकामा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । बौद्धलम्बी तथा तामाङहरुको मुख्य पर्व तामाङ समुदायको सांकृतिक तथा धार्मिक पर्व सोनाम ल्होछारको अवसरमा जिल्लाको डाँडापारिस्थित खानीखोला गाउँपालिकाको सहयोगमा नेपाल तामाङ घेदुङ खानीखोला गाउँपालिका समिति र टीका साहित्य समाजको सहकार्यमा सम्पन्न भएको हो ।

    बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलको प्रमुख अतिथ्यतामा सो कार्यक्रम सप्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले नेपाल बहुधार्मिक बहुसांस्कृतिक विभिन्न बिबिता भएको राष्ट्र भएकोले यो तामाङ समुदायहरुले मनाउँदै आएको मुख्य पर्वको रुपमा मनाउदै आएको देखिन्छ । संस्कृतिको संरक्षण गर्नु आफ्नो संस्कारलाई जोगाएर पहिचान झल्काउनु नै अहिलेको प्राथमिकताको विषय भएको बताए । उनका अनुसार, यसको संरक्षण गर्न अब तामाङ समुदाय एकताबद्ध भएर अगाडि बढ्न आवश्यक छ । यसको संरक्षण गर्न प्रदेश सरकारको साथ र सहयोग रहने प्रतिबद्धता उनले व्यक्त गरे ।

    कार्यक्रममा गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले पालिकामा रहेका सबै समुदायका कला, संस्कृतिको संरक्षणका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको तामाङ्हरुले मनाउने ल्होछार माझी समुदायको लदि पर्व, मगरहरुको मागेसंक्रान्ती , गुरुङहरुको तमु ल्होछार लगाएत विभिन्न संस्कृतिहरुलाइ संरक्षण तथा सम्बद्र्धन गर्नका लागि सहयोग गर्दै आएको र भोलिका दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

    हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले हर्षाेल्लासका साथ पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षको स्वागत गरेर सोनाम ल्होछार मनाउने गरिन्छ । सोनाम ल्होछारले सामाजिक एकतालाई अझै बलियो बनाउने विश्वास व्यक्त गर्दै अध्यक्ष थिङले चाडपर्व मनाउँदा तडकभडक नगरी मनाउन आग्रह गरे । खानीखोला तामाङ घेदुङ्ले सोनाम ल्होछारको अवसरमा हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको छ ।

    यो ल्होछार पर्वलाई सिमित ठाउँ र स्थानमा मात्र नभई तामाङ समुदायको मुख्य पर्वलाई आआफ्नो घरघरमा विभिन्न आफ्नो संस्कार अनुरुप पुजा पाठ गरि मनाउनका सम्पुर्ण खानीखोला स्थानीयहरुलाई उपाध्यक्ष दोर्जेमान जिम्बाले आग्रह गरे ।

    कार्यक्रममा तामाङ घेदुङ पुर्व महासचिव काजिमान गोले, तामाङ घेदुङ अध्यक्ष लिला कुमार घलान , मिना पाख्रीन, दैबलाल घिसिङ, शेखर लामा, चित्र गोले, राजन अधिकारी , निशान मोक्तान , बुद्धि बहादुर स्याङ्तान , बृहस्पति घिसिङ , प्रेम थोकर लगाएतले मन्तव्य राखेका थिए ।

    सोनाम ल्होछारको अवसरमा खानीखोलाको केन्द्र वडा नः५ तालढुङ्गाको बजार एस बि आई बैंक पछाडीको बस पार्क प्राङ्गणमा सम्पन्न भएको थियो । खानीखोला तामाङ घेदुङ अध्यक्ष नर बहादुर थिङ्ले जानकारी दिए । कार्यक्रम संचालन खानीखोला घेदुङ सचिव तथा कवि टीका अविरल साहित्य समाजको अध्यक्ष टीका थिङले संचालन गरेका थिए ।

    राष्ट्रिय तामाङ कलाकारहरु फुल कुमार बम्जन र गायिका लक्ष्मी स्याङ्तान , मोडल अबिना गोले, गायक तथा मोडल गणेश जिम्बा, चेतन लामा , डान्सर रुजा लामा , डान्सर जेनिशा स्याङ्तान , राष्ट्रिय कलाकार संघ काभ्रे अध्यक्ष तथा लोक दोहोरी गायक डिएन दाहाल , कवि टीका थिङ लगायत स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुतिका साथ कार्यक्रम सम्पन्न भएको थियो ।

    मञ्जुश्री यो वर्ष मनाउने सोनाम ल्होछार २८६१ औं डुल (सा पुख्री) ल्हो हो । जुन तिथि अनुसार माघ १७ गते परेको छ । ल्होछार पर्व मनाउनका लागि खानीखोला गाउँपालिकाको माघ ७ गते बसेको कार्यपालिका बैठकले सार्वजनिक बिदा दिएको छ । पालिकाले १६, १७ र १८ गतेसम्म बिदा दिने निर्णय गरेको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु