२०८१ माघ १७, बिहिबार | Thu, 30, Jan, 2025

काभ्रेली कृषकहरू जैविक खेती तर्फ आकर्षित मानिसका निम्ति त माटो र आमा उस्तै हुन्— ज्ञवाली


१४३१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ माघ १६, बुधबार मा प्रकाशित १ दिन अघि
  • आई.आर.के.मैनाली
    काभ्रेपलाञ्चोक । पछिल्लो समयमा आएर कृषकहरू जैविक खेती तफर् आकर्षित भएका छन् । पौराणिक तरिकाले खेती गर्दा न्यून उत्पादन हुने जसको कारण लागतखर्च समेत नउठ्ने भएपछि आधुनिक ढङ्गले खेती गर्ने क्रममा रासायनिक मल र विषादीको प्रयोग आवश्यकता भन्दा वडि हुँदा कृषकहरूले मार्ग परिवर्तन तफर् आकर्षित भएका छन् ।

    कृषि विज्ञहरूको सिफारिस भन्दा फरक तरिकाले रासायनिक मल र कीटनाशक तथा रोग नाशक विषादि प्रयोग गर्दा वातावरणको साथै माटो समेत ध्वस्त भयो । त्यति मात्रै नभएर ताजा तरकारी उपभोग गर्ने उपभोग्यताहरू समेत स—संकित भए । ताजा तरकारीमा विषादीको मात्रा बडी र जुन तरकारी उपभोग गर्दा स्वास्थ्यमा समस्या आउने ठम्याइले गर्दा उपभोक्ताहरूले सतर्कता अपनाउनु नौलो रहेन ।
    कृषकहरूले आफूहरूले उत्पादन गरेको तरकारी ‚ दलहन तथा तेलहनमा विषादि प्रयोगको कारण उपभोक्ताहरूको स्वास्थ्यमा असर पुर्याउने जानकार भएपछि कृषकहरूले मार्ग परिवर्तन गर्दै जैविक खेती तफर् आकर्षण हुनु सकारात्मक कार्य हो । माटो तथा वातावरणको संरक्षणका साथै उपभोक्ताहरूको स्वास्थ्यलाई समेत मध्यनजर राख्दै खेतीगर्ने मार्गको खोजी गर्ने क्रममा विगत ३५ वर्षदेखि वातावरणको संरक्षण ‚ हरियाली विस्तार एवं विभिन्न विकास निर्माणको कार्यमा समेत योगदान पु¥याउँदै आएको लवग्रिन नेपाल नामक संथा कृषकहरूका लागि भाविको रुपमा उदाए ।

    जुन संस्थाबाट जैविक खेतीको लागि आर्थिक तथा प्राविधिक सहयोगमा कार्य हुँदा पाँचखाल साथै विभिन्न स्थानहरूका लागि वरदान सावित भएको छ । जसको कारण कृषकहरू जैविक ढङ्गको खेती गर्दै उपभोक्ताहरूको हितको लागि कम्बर कसेर अगाडि बढेका छन् । फलस्वरुप उपभोक्ताहरूले आफूले उपभोग गर्ने तरकारीहरू जैविक ढङ्गबाट उत्पादन गर्ने क्षेत्रको छनोट गर्ने अवसर पाएका छन् ।

    काठमाडौँको तरकारीको बजारमा ताजा तरकारीको मागको धेरै हिस्सा ओगट्ने पाँचखाल र आसपासको क्षेत्र जैविक तरकारी उत्पादन हुने हवको रुपमा अगाडि बढेको छ । लव ग्रीन नेपालले देखाएको मार्गलाई पाँचखालले पहिल्याउँदा सो क्षेत्रमा उत्पादन भएको तरकारीको माग बढेपछि काभ्रे जिल्ला क्रमश जैविक ढङ्गबाट अगाडि बढेका छन् जसले गर्दा काभ्रे जिल्ला नै जैविक ताजा तरकारी उत्पादनको हव को रुपमा परिचित हुदै छ । लव ग्रीन नेपाल नामक संस्थाले जैविक खेतीको लागि माटोको संरक्षण लाइ उत्तिकै प्राथमिकता दिएको छ । संथाका कार्यकारी अधिकृत नारायण ज्ञवाली भन्नुहुन्छ प्रत्येक प्राणीको जीवन अन्ततः माटोसँग जोडिन्छ ‚ मानिसका निम्ति त माटो र आमा उस्तै हुन् त्यसैले माटोको संरक्षण गर्ने दायित्व हाम्रो हो ।

    प्राण र पोषणका निम्ति माटोले दिने अनाजको विकल्प हुँदैन । अन्नमै जीवन छ तर यताका दशकमा माटोलाई बर्बाद गर्ने कार्यले व्यापकता पाएको छ । बढी अन्न उब्जाउने लोभमा माटोको जैविक शक्तिमा व्यापक क्षयीकरण हुँदै छ । रासायनिक मलको प्रयोग बढ्दै जाँदा माटोले दिने उर्वरा शक्तिमा ह्रास आउन थालेको छ । रासायनिक मलको बढी प्रयोगले उत्पादन त भएको होला तर त्यसको दुष्प्रभाव अनेक छन् । त्यस्ता खाद्यान्नको प्रयोगबाट व्यापक रोगव्याधिले सताउन थालेको छ । अस्पताल र आधुनिक औषधीको प्रयोग बढ्दै गए पनि जटिल रोगको विस्तारमा विराम छैन । यो अझ बढ्दै छ । विगत चार/पाँच दशकमा बढ्दो आयातित रासायनिक मलले नेपालमा परम्परागत जैविक कृषिमा अवरोध गरेको छ । रासायनिक मलको प्रयोगले मानव स्वास्थ्यमा प्रतिकूल प्रभावका अनेक विरूपता देखिन थालेका छन् ।

    पाँचखाल नगरपालिकामा जैविक खेतिमा भएको प्रभाव विस्तारै देशका बिभिन्न भागमा परेको छ । जसले गर्दा कृषकहरू भने फेरि जैविक खेतीतफर् फर्कन थालेका सुखद समाचार आएको छ । रासायनिक मलको उच्च प्रयोग गर्ने किसानले अहिले जैविक विषादी प्रयोग गर्न थालेका छन् । पहिले तरकारी तथा अन्नबालीमा किरा लागे रासायनिक विषादी प्रयोग गर्ने कृषकहरु हाल आएर जैविक बिषादी प्रयोगमा लागेका छन् । ‘मोहनी पासो’‚ ‘फेरोमन ट्र्याप’ लगायतका प्रविधि किरा नियन्त्रणमा प्रयोग गरिन थालेको किसानको भनाइ छ ।

    लवग्रीन नेपालका कृषि प्राविधिकका अनुसार जैविक मलको प्रयोग कठिन छैन । छ्वाली‚ पराल लगायतलाई मलका रूपमा प्रयोग गर्न सकिन्छ । सहरी कुहिने सबै फोहोर जैविक मलका स्रोत हुन् । धेरै किसानले मल तथा विषादीका निम्ति जैविक आयाममा रुचि राख्न थालेका छन् । जैविक विषादीको प्रयोगले माटो सप्रेको र उत्पादनमा समेत वृद्धि हुन थालेको किसानको अब्बल अनुभव छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु