काभ्रेपलाञ्चोक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माघ २५ गते धुलिखेल आउनुहुने भएको छ । माओवादी केन्द्र काभ्रे जिल्ला संयोजक भोला अर्यालका अनुसार नवनिर्वाचित गाउँ/नगरपालिका समितिलाई बधाई तथा शुभकामना एवं राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड धुलिखेल आउन लाग्नु भएकोे हो ।
कार्यक्रममा जिल्लाको १ सय ३५ वटै वडा कमिटीका पदाधिकारीसम्मका नेता कार्यकर्ताहरुको सहभागी हुने संयोजक अर्यालले जानकारी दिनुभयो । ‘कार्यक्रममा जिल्ला समितिका सदस्यहरु, गाउँपालिका समितिको सदस्यहरु, वडा समितिको पदाधिकारीहरु, सबै जनप्रतिनिधिहरु, ज.व.स., मोर्चाका केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, विभागको सदस्यहरु, प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरु र जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरु र पालिका कमिटी अध्यक्षहरु, शिक्षक र बुद्धिजीविको संगठनको सबै सदस्यहरु, गाउँपालिका सम्पर्क समन्वय समितिका पदाधिकारीहरु समेत गरी जिल्ला भरिका करिब ८ सय जना नेता कार्यकर्ताहरु सहभागी हुनेछन् ।’
संयोजक अर्यालका अनुसार कार्यक्रम माघ २५ गते बिहान ११ः३० बजे धुलिखेल नगरपालिकाको सभाहलमा हुनेछ । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश हुने कार्यक्रम समेत रहेको छ ।
प्रतिक्रिया दिनुहोस