२०८१ माघ १९, शनिबार | Sat, 01, Feb, 2025

काभ्रेपलाञ्चोकमा डिसीसी कप फुटसल प्रतियोगिता, बेलरले प्रथम स्थान हासिल गर्दै एक लाख जिते


२६२७ पाठक संख्या
  • २०८१ माघ १९, शनिबार मा प्रकाशित ८ घण्टा अघि
  • काभ्रेपलाञ्चोक । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको आयोजना तथा विश्व युवा महोत्सव–२०२५ को अवसरमा जिल्ला समन्वय समिति काभ्रेपाञ्चोकको आयोजनामा डिसिसि कप अन्तर विद्यालय (कक्षा १ देखी १० सम्म) फुटसल प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।

    प्रतियोगितामा प्रथम बेलर ईन्टरनेस्नल एकेडेमी र द्धितिय भालेश्वर मा.वि भएको छ । प्रथमले एक लाख नगद र द्धितियले ५० हजार नगद पुरस्कार, मेडल, ट्रफि र प्रमाण प्रमाणपत्र पाएका छन । उक्त प्रतियोगितामा बेस्ट प्लेयर ( बेलर ईन्टरनेस्नल एकेडेमीका ) गौतम श्रेष्ठ, उत्कृष्ट गोलरक्षक (भालेश्वर मा.विका)– साजन हुमगाई र उत्कृष्टगोल स्कोरर (ग्रेसल्यान्ड सेकेन्डरी स्कुलका) – रिजन खत्रीले १०/१० हजार पाएका छन ।

    जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतमले उद्घाटन गर्नु भएको प्रतियोगितामा जिल्लाका सामुदायिक र संस्थागत गरी ३२ वटा टिम सहभागी थिए । सहभागी टिमहरुमा एभरेष्ट एकेडेमी– श्री जनज्योती मावि, माउण्ट भ्यू इङ्गलिस स्कूल– काभ्रे मावि, बेलर इन्टरनेशनल एकेडेमी– नेपाल प्रहरी मावि, श्री भक्तेश्वर गोसाइकुण्ड मावि– ग्रेसल्याण्ड सेकेण्डरी स्कूल, विकटेश्वर इङ्गलिस सेकेण्डरी स्कूल– सरस्वतीकुञ्ज बोर्डिङ्ग स्कूल, नमोबुद्ध इङ्गलिस बोर्डिङ्ग स्कूल– बालबाटिका विद्या मन्दिर सेकेण्डरी स्कूल, नवरत्न अंग्रेजी मावि– श्री जनक मावि, गोल्डेन सिद्धार्थ एकेडेमी– सिद्धार्थ वनस्थली स्कूल, विद्या सागर इङ्गलिस सेकेण्डरी स्कूल– श्री चक्रज्योती मावि, सिद्धार्थ इङ्गलिस सेकेण्डरी स्कूल– शिक्षा सदन मावि, बालविकास विद्याश्रम– न्यू राइजिङ्ग सेकेण्डरी स्कूल, शुभ चामुण्डा सेकेण्डरी स्कूल– श्री कृष्ण गोपाल मावि, एबिएम स्कूल– डिभाइन लाइट इङ्गलिस बोर्डिङ्ग स्कूल, श्री भालेश्वर मावि– काभ्रे इङ्गलिस सेकेण्डरी स्कूल, श्री चण्डेश्वरी सृष्टिकान्त मावि– प्रगति प्रभात एकेडेमी बीच नकआउटको आधारमा प्रतिस्पर्धा गरिएको आयोजकले जनाएको छ ।
    त्यसैगरी खेल बेलर इन्टरनेशनल एकेडेमीको फुटसल, एबिएम फुटसल र संकल्प कलेज फुटसलमा हुने भएको छ भने फाइनल खेल बेलर इन्टरनेशनल एकेडेमीमा उद्घाटन भएसँगै प्रतियोगिताको आधा खेल एबिएम स्कुलको फुटसल मैदानमा भएको थियो ।

    प्रतियोगितामा प्रथम हुने टिमले १ लाख र दोस्रोले ५० हजार रूपैँया नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने हाइ स्कोर, बेष्ट किपर, बेष्ट प्लेयरले नगद १०÷१० हजार रूपैँया पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
    उद्घाटन समारोहमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानवीर वाईबा, विभिन्न विद्यालय प्रधानाध्यापक, शिक्षक संघ, संगठनका प्रतिनिधि सहभागी थिए । विश्व युवा महोत्सव २०२५ आगामी मार्च महिनामा धुलिखेलमा हुने भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु