२०८१ फागुन २८, बुधबार | Wed, 12, Mar, 2025

आगामी हुने निर्वाचनको लागि गठबन्धन हुनैसक्दैन—गगन


१८२१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ माघ २८, सोमबार मा प्रकाशित ४ हफ्ता अघि
  • काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन अगाडि गठबन्धनको गर्ने व्यक्ति कांग्रेस नरहने बताएका छन् ।

    सोमबार चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले ०८४ सम्म राम्रो काम गरेर जनतामाझ जान सक्नुपर्ने बताए ।

    उनले ०८४ को चुनावमा अगाडि आएर अब नेपाली कांग्रेसको देशभरको निर्वाचन क्षेत्रमा कसैले पनि अर्को पार्टीको चुनाव चिन्हमा मत हालौँ भन्ने कुराको आँट गर्न नसक्ने बताए । त्यसो गरेको खण्डमा कांग्रेस नरहने उनको चेतावनी छ । निर्वाचन आयोगले १६५ निर्वाचन क्षेत्रमा पार्टीको उम्मेदवारले पाएको मतलाई नै समानुपातिक मत मान्ने बारेमा छलफल अगाडि बढाइरहेको बताए । त्यस्तो हुन सके निर्वाचनअगाडि गठबन्धन गर्ने आँट कसैले नगर्ने बताए ।

    उनले भने, ‘०८४ को चुनावमा जाने बेलासम्म राम्रो काम गरौँ । त्यो कामको श्रेय पाउने गरीकन जाने हो । ०८४ को चुनाव यति त लेखेर राख्नुहोला । कुनै बेला म एक्लै थिएँ । ०८४ को चुनावमा अगाडि आएर अब नेपाली कांग्रेसको देशभरको निर्वाचन क्षेत्रमा कुनै पनि माइकलालले आएर अर्को पार्टीको चुनाव चिन्हमा मत हालौँ भन्ने कुराको आँट अब कसैले गर्न सक्दैन । जसले गर्छ त्यो कांग्रेस रहँदैन । हिजो यसको लागि लडेका थियौँ, सकेनौँ । नसकेको हो मैले । अब सिङ्गो पार्टी आयो । चुनाव अगाडि गठबन्धन गर्नु हुँदैन भन्नेमा त पार्टी आयो आयो । त्यसमाथि पनि अहिले त निर्वाचन आयोगले एउटा प्रस्तावमा छलफल गरिरहेको छ । १६५ निर्वाचन क्षेत्रमा पार्टीको उम्मेदवारले पाएको मतलाई नै समानुपातिक मत मान्ने । त्यसो भएपछि कसैले निर्वाचन अगाडि गठबन्धन गर्ने आँट नै गर्दैन ।’

    महामन्त्री थापाले निर्वाचनको बेलामा कांग्रेसको विरुद्धमा जो पनि जोसँग पनि मिल्न सक्ने भन्दै संगठन बलियो बनाउनुपर्ने बताए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै हावा हुण्डरी आउने जाने भएकाले कोही पनि नडराउन आग्रह गरे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार