काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको चौरिदेउरालि गाउँपालिकाले भोलि फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि २०५२ साल फागुन १ गतेदेखि सुरु भएको जनयुद्धको स्मरण र जनयुद्धका क्रममा बलिदान दिनुहुने ज्ञात अज्ञात सहिदहरू प्रति उच्च सम्मान दिनको लागि बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष रेणुका चौलागाईंद्वारा जारी सूचना अनुसार गाउँपालिका अन्तर्गतका सम्पूर्ण वडा कार्यालयहरू, विद्यालय, स्वास्थ्य संस्थाहरू लगायत सबै सरकारी कार्यालयहरूमा भोली एक दिन सार्वजनिक बिदा दिइएको छ ।
प्रतिक्रिया दिनुहोस