काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको कृषि नगरीको रुपमा परिचित पाँचखाल नगरका कृषकहरूले उत्पादन गरेको दूधमा अनुदान पाउने भएका छन् ।
०८१/०८२ को लागि बागमती प्रदेश सरकारबाट पाँचखाल नगरपालिकामा प्राप्त उत्पादनमा आधारित दूधमा प्रोत्साहन अनुदान कार्यक्रम अन्तर्गत नगरपालिकाको २०८१ पुष २८ गतेको निर्णय अनुसार पाँचखालका कृषकले उत्पादन गरेको दूधमा प्रतिलिटर १ रुपैयाँ अनुदान दिने भएको छ ।
अनुदानको व्यवस्थाको लागि दुग्ध सङ्कलन केन्द्रहरूले पाँचखाल नगरपालिका पशु सेवा शाखामा सम्पर्क गरी कृषकहरूलाई अनुदानको लागि सहजीकरण गर्नको लागि पाँचखाल नगरपालिकाले सूचना जारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस