काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिकाले कृषकहरुले उत्पादन गरेको साग खरिद गर्ने भएको छ ।
कृषकहरुको हौसलाको लागि पालिकाले उक्त निर्णय गरेको हो । पालिकाको निर्णय अनुसार प्रति किलो २५ रुपैया मुल्य निर्धारण गरेर खरिद गर्ने भएको छ ।
कृषकहरुसंग खरिद गरेको साग बाट गुन्द्रुक बनाउने तयारी भएको छ । पालिका अध्यक्ष पे्रम वहादुर भुजेलले भन्नुभयो—पालिकाले कृषकको जिवन स्तर उकास्ने सोचका साथ अगाडि बढेको छ , सुरुवातीमा साग खरिद गर्ने वातावरण मीलाएका छौं । आगामि दिनहरुमा कृषकले उत्पादन गरेको कृषि उपजलाई बजार व्यवस्थाको लागि वातावरण निर्माण गर्ने छौं ।
प्रतिक्रिया दिनुहोस