२०८१ चैत्र २०, बुधबार | Wed, 02, Apr, 2025

 पाँचखालमा श्रम डेक्स निर्माणको विषयमा छलफल


३१४७ पाठक संख्या
  • २०८१ फागुन ११, आईतबार मा प्रकाशित १ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा कृषकको हितको लागि श्रम डेक्सको व्यवस्था गर्ने विषयमा राउन्ड टेबल मिटिङ सम्पन्न भएको छ ।

    कृषि नगरीको रुपमा परिचित पाँचखाल नगरका कृषकको पक्षमा काम गर्ने लक्षका साथ अगाडि बढेको तरंगीनी फाउण्डेसनको आयोजनामा उक्त छलफल भएको हो ।

    उक्त राउन्ड टेवल बैठकमा पाँचखाल नगर उपप्रमुख सूर्य माया दनुवारले पाँचखालमा श्रम डेक्सको व्यवस्था आवश्यक भएको र सो कार्यको लागि तरंगीनी फाउण्डेसनसँग सहकार्य गर्दै अगाडि बढ्ने बताउनु भयो । पाँचखालमा श्रम गर्नेहरुमा समानता दर नरहेकोले सो समस्याको विषयमा सरोकारवाला समक्ष छलफल गरि व्यवस्थापन गर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा पाँचखाल नगरका प्रमुख प्रशासकीय अधिकृत अच्युत राज रेग्मीले पाँचखाल नगरमा रहेका कृषकहरूको हितको पक्षमा दीर्घकालीन ढङ्गको कार्य गर्नुपर्ने सुझाव दिनुभयो । त्यसैगरी पाँचखाल नगरपालिका वडा नं ३ का वडा अध्यक्ष सुन्दर अधिकारीले श्रमको लागि बाहिरी जिल्लाहरुबाट आउने र पाँचखालका श्रमिक बिच श्रमको मूल्यमा भिन्नता भएकोले समान दर निर्धारण गर्नुपर्ने धारणा राख्नुभयो ।

    तरंगीनी फाउण्डेसनका काभ्रे सहजकर्ता निर्मला काफ्लेले सञ्चालन गर्नुभएको कार्यक्रममा बविता बराल र रेणुका सूर्यले संस्थाले कृषकहरू समक्ष गर्दै आएको कार्यहरू साथै भावी योजनाको बारेमा जानकारी गराउनु भएको थियो ।

    सो बैठकमा पाँचखाल कृषि शाखा अधिकृत सुदर्शन बोलखे ‚ महिला तथा बालकालिका शाखा प्रमुख तारा देवी राउत ‚ वन वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख गणेश प्रसाद खरेल ‚ विभिन्न वडाका वडा अध्यक्षहरू ‚ सञ्चारकर्मी तथा अगुवा कृषकहरूको उपस्थिति रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु