काभ्रेपलाञ्चोक ।काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउपालिकामा लडेर एक युवाको मृत्यु भएको छ ।
आज (बिहिवार) १३:२० बजेको समयमा जिल्ला काभ्रे भुम्लु गा.पा. १ सापिङ बस्ने बर्ष ३५ को श्रीकृष्ण गिरी आफ्नै घरदेखि १.५ कि.मि. पश्चिम सापिङ आङगे खोल्सामा लडी मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनसाथ प्र.चौ. दोलालघाटबाट प्र.ना.नि. कमाण्डमा प्रहरीको टोली खटी गई घटनास्थल सुरक्षित राखिएको, ई.प्र.का. कार्तिकेदेउरालीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई अनुसन्धान कार्य भईरहेको ।
निज मृतक श्रीकृष्ण गिरी तिन तले भिरबाट अं. ३५/४० मिटर तल खसि आङगे खोल्सामा मृत अवस्थामा फेला परेको निजको टाउको र सरीरमा चोट देखिएको ।
प्रतिक्रिया दिनुहोस