२०८१ फागुन २७, मंगलबार | Tue, 11, Mar, 2025

काभ्रेपलाञ्चोकको एक होटलमा मृत अवस्थामा भेटिइन महिला


५३८३ पाठक संख्या
  • २०८१ फागुन १६, शुक्रबार मा प्रकाशित १ हफ्ता अघि
  • १६ फागुन, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा एक महिला मृत भेटिएकी छन् । बनेपा नगरपालिका ८ मा रहेको होटल भ्यू पाहुना घरमा एक जना महिला मृत फेला परेकी हुन् ।

    बिहीबार साँझ ५:३० बजेको समयमा उक्त होटलमा महिला मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए । उनका अनुसार, प्रारम्भिक अनुसन्धानबाट मृत महिला रामेछाप घर भइ बनेपा-६ बस्ने २३ वर्षीया शर्मिला श्रेष्ठ हुन् । उनी बनेपाकै एक मेडिकलमा कार्यरत थिइन ।

    घटनाको प्रकृति हेर्दा हत्याको आशंका गरिएको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार