२०८१ फागुन २७, मंगलबार | Tue, 11, Mar, 2025

बालयौन दुरुपयोगको कसुरमा शिक्षक पक्राउ


३२२५ पाठक संख्या
  • २०८१ फागुन २२, बिहिबार मा प्रकाशित ५ दिन अघि
  • जनकपुर । आफ्नै विद्यालयका विद्यार्थीलाई बालयौन दुरुपयोग गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । सप्तकोशी नगरपालिकास्थित गोवर्धन वैरागी जनता माध्यमिक विद्यालयका एक शिक्षकलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको हो ।

    पक्राउ  पर्नेमा धनुषा सबैला नगरपालिका वडा नम्बर–१२ घर भई हाल सप्तकोशी नगरपालिका वडा नम्बर–२ बस्ने रमेश कुमार राउत रहेका छन् । आफ्नै विद्यालयका १६ वर्षीया किशोरीलाई यौन दुरुपयोग गरेको उजुरी परेपछि राउतलाई पक्राउ गरिएको सप्तरी प्रहरी प्रमुख डकेन्द्र खतिवडाले बताए ।

    राउत गोवर्धन विद्यालयका कम्प्युटरतर्फका करार शिक्षक रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका राउतलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको सप्तरी प्रहरीले जानकारी दिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार