२०८१ फागुन २७, मंगलबार | Tue, 11, Mar, 2025

नक्कली फेसबुक आइडी खोल्नेलाई प्रहरीले झ्याप


२४७१ पाठक संख्या
  • २०८१ फागुन २२, बिहिबार मा प्रकाशित ५ दिन अघि
  • काठमाडौं । नक्कली फेसबुक आइडी खोली आर्थिक लाभ लिने कार्यमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा धादिङको ज्वालामूखी गाउँपालिका-७ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-५ लोलाङ हाईट बस्ने २७ वर्षीय नारायणदत्त खकुराल छन् ।

    वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूको नामको नक्कली फेसबुक आईडी बनाई उनीहरूको आफन्तहरूसँग आफु र आफ्नो साथी बिरामी भई अस्पतालमा भर्ना भएको लगायतको बहाना बनाएर रकम असुली गरेको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    उनीबारे आवश्यक अनुसन्धान तथा कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार