२०८१ चैत्र ३, सोमबार | Mon, 17, Mar, 2025

ग्रामीण पाठशालाको ३३ जना विद्यार्थीलाई दिक्षित


२१३३ पाठक संख्या
  • २०८१ चैत्र ३, सोमबार मा प्रकाशित ८ घण्टा अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–२, भकुण्डे वेसीमा रहेको ग्रामीण पाठशालाले युकेजीमा अध्ययन गर्ने ३३ जना विद्यार्थीलाई दीक्षित गरिएको छ ।

    विद्यालयले बालबालिकाको प्रारम्भिक शिक्षा यात्राको महत्वपूर्ण उपलब्धिलाई सम्मान गर्दै विशेष कार्यक्रमको आयोजना गरेर दिक्षन्त समारोह सम्पन्न गरेको हो ।

    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बिदुर शर्मा भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्दै बाल शिक्षा विकासको महत्वबारे प्रकाश पार्नुभयो । उहाँले बालबालिकाको आत्मविश्वास वृद्धि गर्न र भविष्यको आधार बलियो बनाउन यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो । अभिभावक, शिक्षक तथा समुदायका विभिन्न व्यक्तित्वहरूको उपस्थितिले समारोहलाई थप विशेष बनाएको थियो ।

    कार्यक्रममा विद्यार्थीहरूले गीत, नृत्य प्रस्तुत गर्दै उपस्चितहरुलाई भरपुर्ण मनोरञ्जन प्रदान गरिएको थियो । कार्यक्रममा प्रमाणपत्र वितरण तथा विशेष अवार्ड प्रदान गरिएको थियो । अभिभावकहरूले पनि विद्यालयको शिक्षण प्रणालीको प्रशंसा गर्दै आफ्ना सन्तानहरूको उज्ज्वल भविष्यको कामना गरेको थियो ।

    उक्त कार्यक्रमले बालबालिकालाई नयाँ कक्षामा जानका लागि प्रेरित गर्दै सिकाइमा थप रुचि जगाउने विश्वास विद्यालय परिवारले लिएको छ । ग्रामीण पाठशालाले भविष्यमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ । साथमा कक्षा नर्सरी देखि यु. के. जी. सम्मका नानीबाबुको वार्षिक नतिजा समेत प्रकाशन गरिनुका साथै पुरस्कार वितरण समेत गरेको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार