काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका वडा नं ७ अरनिको राजमार्ग किनारामा आज (शनिवार) एक पुरुषको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको अनुसार शनिवार दिउसो मिति २ः४५ बजेको समयमा घिसिङ डाडा डम्पिङ स्थित अरनिको राजमार्ग सडक किनारामा हाल नामथर वतन नखुलेको उक्त शव फेलापरेको हो ।
अन्दाजि ६०÷६५ बर्षको जस्तो देखिने पुरुष ब्यक्ति मृत अवस्थामा फेला परी प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी पोष्टमार्टमको लागि धुलिखेल अस्पतालको शव गृहमा शव सुरक्षित राखिएको प्रहरीले जनाएको छ ।
सो अपरिचित व्यक्तिलाई कोहि कसैले चिनेमा वा कोहि व्यक्ति हराएको जानकारी भएमा जिल्ला प्रहरी कार्यालय काभ्रेमा सम्पर्क गर्नुको लागि ९८५११२३८०५ र ९८५१२८४३७६ सम्पर्क नम्बर उपलब्ध गराएको छ ।
प्रतिक्रिया दिनुहोस