काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको कृषि नगरीको रुपमा परिचित मण्डनदेउपुर नगरपालिका र जापान स्थित फुजिनोमिया नगरपालीका विचमा भगिनि सम्बन्ध काएम भएको छ ।
आज (आईतवार) एक बृहत कार्यक्रमका विचमा मण्डनदेउपुर नगरका मेयर टोकवहादुर वाईवा र जापान स्थित फुजिनोमिया नगरपालीकाका मेयर हितेतादा सुदोले भगिनी सम्बन्ध स्थापना भएको सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । सम्झौता पत्रमा नगर उपप्रमुख विष्णुमणी नेपालले समेत हस्ताक्षर गर्नुभएको थियो ।
जापानको फुजिनोमिया नगरपालीका र काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका बिच भएको भगिनी सम्झौताले उल्लेखित दुई नगरबीच धार्मिक, सांस्कृतिक तथा पर्यटकीय साझेदारीलाई सशक्त बनाउने जापानका मेयर हितेतादा सुदोले बताउनुभयो । मेयर सुदोले नेपाल विशेषगरी काभ्रेपलाञ्चोकको सांस्कृतिक सम्पदाप्रति विशेष चासो भएकोले यो भगिनी सम्बन्धले दुई नगरबीच आपसी सम्बन्धलाई अझ प्रगाढ बन्ने मेयरले सुदोले बताउनुभयो ।
मण्डनदेउपुर नगरपालिकाका नगर प्रमुख टोक बहादुर वाईवाले भगिनी सम्बन्धले मण्डनदेउपुरलाई अन्तर्राष्ट्रिय तहमा चिनाउने अवसर मिलेको बताउदै यस सम्बन्धले नेपाल–जापान सम्बन्धलाई थप उचाईमा पुर्याउने बताउनु भयो । हाम्रो सम्बन्धले नेपालको धार्मिक, साँस्कृतिक साथै पर्यटन प्रवद्र्धनमा समेत योगदान पुग्ने ठोकुवा गर्नुभयो ।
कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाका उपप्रमुख विष्णुमणी नेपालले स्वागत मन्तव्य राख्नुभएको थियो । सो क्रममा उहाँले भन्नुभयो—भगिनि सम्बन्ध कायम गर्ने उद्देश्यले हामीले निम्ता गरेका थियौं । दुई देश विचको सम्बन्ध सुधारको लागि हामीले जुन लक्ष एिका थियौं पुर्ण भयो । आगामी दिनमा दुई नगरबिचको सम्बन्धलाई थप उचाइमा पुर्याउने लक्ष लिएका छौं र सो पुरा हुनेमा ढुक्क छौं ।
उक्त सम्झौता कार्यक्रममा मण्डनदेउपुर आउनुभएका जापानिज टोलिलाई बजागाजा सहित , भिन्न भिन्न प्रकारको रितिरिवाज तथा साँस्कृति झल्कने बाजा ,झाकी समेतले भव्य स्वगत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस