२०८१ चैत्र १३, बुधबार | Wed, 26, Mar, 2025

बनेपामा राजावादीहरूको प्रर्दशन


१०४१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ चैत्र १२, मंगलबार मा प्रकाशित १ दिन अघि
  • काभ्रेपलाञ्चोक । राजसंस्था फर्काउन माग गर्दै काभ्रेको बनेपामा राजावादीहरूले प्रदर्शन गरेका छन् । बनेपाको गोदामचोकबाट प्रर्दशन सुरु गरेका राजावादीहरूले बनेपा नगर परिक्रमापछि चारदोबाटोमा कोणसभा गरेका थिए ।

    जिल्लामा आन्दोलन परिचालन समिति गठन गरी संगठित भएका राजावादीहरूले राजधानीमा १५ हुने हुने आन्दोलनको पूर्वतयारी स्वरुप बनेपामा कार्यक्रम आयोजना गरिएको बताएका छन् ।

    राजावादी भनेर चिनिएका नेपाल सुधार भैलको संयोजकत्वमा गठित २१ सदस्यीय संयुक्त राष्ट्रवादी नागरिक आन्दोलन समितिले उक्त कार्यक्रम आयोजना गरेको हो ।

    समितिका सदस्य हेमशंकर गिरीले आन्दोलन जारी रहने भएकाले संयम तथा शान्तिपूर्ण आन्दोलनमा सहभागी हुन अनुरोध गरे । आन्दोलनमा विभिन्न क्षेत्रका व्यक्तिहरूले धारणा राखेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु