काभ्रेपलाञ्चोक । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतम पक्राउ परेका छन् । प्रहरी वृत्त बानेश्वरले बैँकिङ कसुरको आरोपमा गौतमलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार गौतमविरुद्ध बैंकिङ कसुरसम्बन्धी तीन वटा जाहेरी परेको छ । हाल उनलाई ७ लाख रुपैयाँको बैंकिङ कसुर मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए । काभ्रेमा पनि उनीविरुद्ध ३ वटा जाहेरी परेको पाइएको एक अधिकृतले बताए ।
गौतमनिकट स्रोतले भने अदालतबाट फैसला भएर आएको कतिपय घटनामा पहिल्यै मिलापत्र भइसकेका र रुजु भएर आउन बाँकी रहेका कारण समस्या देखिएको जनाएको छ । ‘मिलापत्र भइसकेका घटनाहरु हुन्, त्यसको पत्र आउन बाँकी छन्’, स्रोतले भन्यो ।
प्रतिक्रिया दिनुहोस