२०८१ चैत्र १७, आईतबार | Sun, 30, Mar, 2025

खानीखोलामा घरघरमा धारा जडान


२४७१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ चैत्र १४, बिहिबार मा प्रकाशित ३ दिन अघि
  • काभ्रेपलाञ्चोक । जिल्लाको खानीखोला गाउँपालिका वडा न १ धार्नेमा नेवा खानेपानी संस्था ( NEWAH र खानीखोला गाउँपालिकाको साझेदारीमा ६५ घर घुरीका लागि जगाते –धार्ने–खवासे खानेपानी तथा सरसफाइ योजनाको गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर थिङ ( छिन्ताङ) को प्रमुख अतिथ्यतामा उद्वघाटन गरेको छन् ।

    खानीखोला गाउँपालिका र नेवा खानेपानी संस्थाको साझेदारी जगाते – घार्ने खवासे खानेपनी आयोजना ६५ घर घुरीका लागि एक घर एक धारा पुर्ण स्वच्छ खानेपानी बितरण खानीखोलाको अभियान भएकोले गाउँपालिकाले उपयुक्त खानेपानीको मुहान अनुरुप बस्ती टोल टोलमा पु¥याई आवश्यक काम सम्पन्न गरि खानेपानी संंन्चालन ल्याई वितरण गर्दै आएको अध्यक्ष थिङ्ले जानकारी दिए ।

    यो खानेपानी आयोजनले स्थानीय तह गाउँ बस्तिका लागि अति आवश्यक र यो खानेपानी संन्चालन भए पछि स्थानीय जनतालाई पानीको आवश्यक नपर्ने र पानी आवश्यक अनुसार संन्चालनमा ल्याई यस खानेपानीलाई निरन्तरता दिदै पुर्ण दिगोपनसंगै लाभ लिने थिङ्ले बिश्वास व्यक्त गरे ।

    यस खानीखोला गाउँपालिका वडा नः २ फलामेटारमा जिल्ला कृषि विकास कार्यलय, गाउँपालिका ,समुदायको साझेदारीमा कृषकहरुलाई अनुदान स्वरुप कृषि सामाग्री वितरण गरेको छन् ।

    एक वडा एक कफि उत्पादन (कफि वाली) अन्तर्गत काभ्रे जिल्ला कृषि बिकास कार्यलय ६०% गाउँपालिका २०% र समुदाय २०% गरि ३ वटा कफि मिसिन, १५ वटा मिनि टेलर ,४० वटा इस्प्रे पम , गोडेन पाईप, हजार केजि कृषि चुन, आठ मेट्रीक टन अनुदान स्वरुप गाउँपालिकाको प्रमुख इन्द्र बहादुर थिङ ( छिन्ताङ) को प्रमुख अतिथ्यतामा र जिल्ला कृषि बिकास कार्यलय काभ्रेका कुल प्रसाद दवाडीको उपस्थितिमा सामाग्री वितरण गरेको छ ।

    कार्यक्रममा वडा अध्यक्षहरु जनप्रतिनिधिहरु स्थानीय , बुद्धिजीवी , युवा, व्यवसायी , कृषकहरुको उपस्थितिमा कार्यक्रम तथा कृषि सामाग्री वितरण सम्पन्न भएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु