२०८१ चैत्र २९, शुक्रबार | Fri, 11, Apr, 2025

पलाञ्चोक मन्दिरको नगद चोरी गर्ने रविन पक्राउ


३२७७ पाठक संख्या
  • २०८१ चैत्र २३, शनिबार मा प्रकाशित ६ दिन अघि
  • काभ्रेपलाञ्चोक । जिल्लाको पलाञ्चोक भगवती मन्दिरमा रहेको दान पेटिका फोडी नगद चोरी गर्ने रविन खुलाल पक्राउ परेका छन् ।

    खानीखोला गाँउपालिका वडा नं. ७ का ३० वर्षिय खुलाल पक्राउ परेका हुन् । गत कार्तिक १६ गते रातको समयमा पाँचखाल नगरपालिका वडा नं. ९ स्थित पलाञ्चोक भगवती मन्दिरमा रहेको दान पेटिका फोडी उक्त दानपेटिकामा रहेको नगद ७० हजार रुपैयाँ चोरी भएको थियो ।

    रामेछाप खाँडादेबी गाँउपालिका वडा नं.७ मा रहेको खाँडादेबी मन्दिरमा रहेको दानपेटिका फोडी उक्त दानपेटिकामा रहेको नगद चोरी गरेको घटनामा पक्राउमा परी कारागार कार्यालय रामेछापमा थुनामा रहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरी टोलीले सनाखत समेत गरी रविन खुलाल उपर किटानी जाहेरी लिई अनुसन्धान गरेको थियो ।

    खुलाललाई कार्यालयमा झिकाई बयान लगायतको कार्य सम्पन्न गरी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु