काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा नसर्ने रोग सम्बन्धी एक दिने अभिभुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
पाँचखाल नगरका मेयर महेश खरेलको प्रमुख आतिथ्यमा सोमवार पाँचखालको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कायmर्मका प्रमुख अतिथि मेयर खरेलले नसर्ने रोग हामीले खानपिनमा होसियारी नअपनाउदा निम्त्याउने रोग हो । अन्जानमा रोग निम्तिएको छ ‚ जनचेतना प्रदान गर्दा नसर्ने रोग केहिदहमा नियन्त्रण हुन्छ । जसको लागि हामी स्थानीय तहको साथै जिल्ला स्वास्थ्य कार्यालयले समेत अभियानको थालनी गर्नुपर्ने बताउनु भयो ।
मेयर खरेलले थप्नुभयो — हामिले दैनिक उपभोग गर्ने खानेकुरामा चिनी ‚ तेल ‚ नुन र भुजा (भात) थोरै खाने बानी बसाल्न जरुरी रहन्छ । फलफूल खाँदा पनि स्थानीयलाई प्राथमिकता दिने साथै बजारबाट खरिद गरेर ल्याएको फलफूल खाँदा पनि होसियारी पूर्ण तरिकाले सेवन गर्दा नसर्ने रोग केही हदमा नियन्त्रण हुने बताउनु भयो ।
बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय जनस्वास्थ्य कार्यालय काभ्रेको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा नसर्ने रोगको बारेमा प्रस्तुतिकरण भएको थियो । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका नसर्ने रोग संयोजक पद्मराज कैनी ‚ जनस्वास्थ्य अधिकृत सोनिया श्रेष्ठले नसर्ने रोगको पछिल्लो अवस्थाको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
पाँचखाल नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्य कर्मी विष्णु गौतमले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा शिक्षा शाखा प्रमुख उदय प्रसाद कोइराला ‚ योजना शाखा प्रमुख कल्याण प्रसाद सुवेदी ‚ प्रशासन शाखा अधिकृत सुविता ढुङ्गाना‚ पाँचखाल स्वास्थ्य शाखा प्रमुख कोपिला कार्की ‚ नगरका स्वास्थ्यकर्मीहरू ‚ सञ्चारकर्मी ‚ स्वास्थ्य शिक्षा अध्ययनरत विद्यार्थीहरू समेतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस