२०८२ बैशाख ५, शुक्रबार | Fri, 18, Apr, 2025

राजावादीलाई रिहा नगरे सामुहिक गिरफ्तारी दिन्छौं—जगमान


२८३५ पाठक संख्या
  • २०८१ चैत्र २७, बुधबार मा प्रकाशित १ हफ्ता अघि
  • २७ चैत, काठमाडौ । चैत्र १५ गते काठमाडौको तीकुनेमा राजावादीहरुले गरेको आन्दोलनको क्रममा सरकारको तर्फबाट पक्राउ गरेकाहरुलाई रिहा नगरे सामुहिक गिरफ्तारी दिने बताईएको छ ।

    संयुक्त जनआन्दोलन समितिको तर्फबाट बुधबार काठमाडौंमा आयोजना गरेका पत्रकार सम्मेलनमा कार्यवाहक संयोजक डा. जगमान गुरुङले उक्त धारणा सार्वजनिक गर्नुभएको हो ।

    पत्रकार सम्मेलनमा डा. गुरुङले चन्नुभयो — ‘यदि सरकारले वैशाख २१ गतेसम्म हाम्रो माग पूरा नगरे २२ गतेदेखि तीनकुनेमा सामूहिक गिरफ्तारीको प्रक्रिया सुरु हुनेछ ।’ वैशाख २१ गतेसम्म नवराज सुवेदीको नजरबन्द फुकुवा र अरु राजावादी प्रदर्शनकारीहरूको मुद्दा खारेज गरेर रिहाइ नगरिए २२ गतेबाट आन्दोलनको नयाँ अध्याय सुरु गर्ने उहाले बताउनु भयो ।

    ‘२२ गते तीनकुनेमा सहादत प्राप्त भएका वीर सहिदको रगत लत्पतिएको माटोको टीका लगाएर सामूहिक गिरफ्तारी दिनेछौं । हामी ज्यानको माया मारेर अगाडि बढ्ने छौं । सबैभन्दा अगाडि म आफैले गिरफ्तारी दिन्छु । तपाईंहरू को–को आउनुहुन्छ आउनुस्,’ गुरुङले भन्नुभयो ।

    आफ्नो समूहका सबै सदस्यलाई रिहा नगरे आफू सबैभन्दा अगाडि उभिएर सामूहिक गिरफ्तारीमा सहभागी हुने बताउदै शक्ति प्राप्तिका लागि राजावादी नेताहरूले मन्दिरमा साधना गरिरहेका छौं । ‘शक्ति साधना नगरेसम्म सत्ता प्राप्ति हुँदैन । अहिले हामी चुप लागेर बसेका छैनौं,’ । उहाँले भन्नुभयो ।

    कतिपय शक्ति मन्दिर फुटाउने, मूर्ति फुटाउने, पिसाब छर्कने गर्दै हिंडिरहेका उल्लेख गर्दै उहाँले थप्नुभयो —‘हामी त्यही मन्दिरमा गएर ए भगवान हामीलाई शक्ति देऊ है भनिरहेका छौं ।’ तीनकुने प्रदर्शनपछि राजावादीहरू भागे भन्ने प्रचार भइरहेको भन्दै खण्डन गर्नुभयो । ‘राजावादी डराएर भागे भन्ने हल्ला फैलिएको छ । राजा अब आउँदैन भन्ने छ,’ ‘तर, त्यो होइन । हामी आन्दोलनमै छौं । पछि हटेका छैनौं ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु