काभ्रेपलाञ्चोक । कलिलै उमेरमा गाउँपालिकाको नेतृत्व सम्हालेका कान्छालाल जिम्मा पहिलो कार्यकालमा जति जनताको मनमुटुमा बस्न सफल भएका थिए दोस्रो कार्यकालमा थप हाहाई हुनुभएको छ ।
काभ्रेको विकट क्षेत्रको रुपमा रहेको महाभारत गाउँपालिकाका सडक यति चाँडै पिच हुन्छ भन्ने कसैले परिकल्पना गरेकै थिएनन् । तर अध्यक्ष जिम्बाले महाभारतको समृद्धिको लागि चालेको कदमले भने उमेरले कान्छो भएपनि कामले भने जेठो सावित भएको छ । यतिखेर “जनमुक्ति मार्ग“ अन्तर्गत महाभारत गाउँपालिकामा पर्ने देवीटार –घर्तीछाप–सोलाभन्ज्याङ सडक खण्ड पिच भइरहेको छ ।
जिम्बाको नेतृत्व सम्हालेयता महाभारत विकट होइन निक्कै सुगम हुने भएको छ । सो सडक खण्डको अनुगमन गर्न गाउँपालिकाको अध्यक्ष जिम्बाको टोली सो सडक खण्डमा पुगेका छन् । अनुगमनमा गाउँपालिका अध्यक्ष जिम्बा‚ प्रमुख प्रशासकीय अधिकृत राम बहादुर तामाङ‚ प्रहरी निरीक्षक‚ पूर्वाधार कार्यालयका इन्जिनियर लगायत स्थानीय नेता तथा समाजसेवीहरुस सहितको टोली पुग्नुभएको थियो ।
जनमुक्ति मार्ग अन्तर्गत महाभारत गाउँपालिकामा पर्ने “देवीटार–घर्तीछाप–सोलाभन्ज्याङ सडक खण्ड सडक विस्तार‚ स्तरोन्नति र कालोपत्र सडक चौडा गर्ने‚ ग्याविन‚ टेवा पर्खाल‚ नाला‚ सडक ढलान लगायतका कार्य धमाधम भैरहेको छ । जनमुक्ति मार्ग अन्तर्गत देवीटार–घर्तीछाप– सोलाभन्ज्याङ सडक खण्ड पूर्वाधार विकास कार्यालय‚ काभ्रेपलाञ्चोक अन्तर्गत ठेक्का सम्झौता भई निर्माण व्यवसायी सन्तोषी /धर्म एस/ हरिहरि जेभी बाट निर्माण भइरहेको छ ।
समृद्धि सम्भव छ‚ हाम्रै पालामा जनमुक्ति मार्गको देबीटार‚ घर्तिछाप सोलाभन्ज्याङ‚ ९ किलोमिटर खण्डको काम तिव्र गतिमा अघि बढाएको र जस अन्तर्गत कालोपत्रे ढलान कार्य भइरहेको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताउनु भयो । हामी सबै मिली यसको अनुगमन गरी गुणस्तर कायम गर्न थप सहयोग गर्न अध्यक्ष जिम्बाले अनुरोध गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस