२९ चैत, काठमाडौं । २ लाख अमेरिकी डलरभन्दा बढी लगानी गर्ने वैदेशिक लगानीकर्तालाई घर वा फ्ल्याट किन्न दिन पाउने व्यवस्था गर्न सरकारलाई सिफारिस गरिएको छ ।
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले वैदेशिक लगानीकर्तालाई सहज वातावरण तयार गर्न २ लाख डलरभन्दा बढी लगानी गर्ने वा नेपालको बैंकमा निक्षेप राख्ने लगानीकर्ताका लागि निश्चित सर्त अधीनमा आवास प्रयोजनका लागि घर वा फ्ल्याट खरिद गर्न पाउने व्यवस्था गर्न सुुझाव दिएको हो ।यस्तै आयोगले दर्तावाला एजेन्सीबाट मात्रै घरजग्गाको व्यावसायिक कारोबार गर्ने व्यवस्था गर्न पनि सुझाव दिएको छ ।
प्रतिक्रिया दिनुहोस