काभ्रेपलाञ्चोक । मन्दिर निर्माण कार्यको लागि स्थानीय तहको मात्रै भरपर्ने साथै सप्ताह लगाएर चन्दा सङ्कलन गरि मन्दिर निर्माण गर्ने कार्यलाई चुनौती दिदै सहयोगी मनहरूले स्वैच्छिक रुपमा दान गरी मन्दिरको व्यवस्थापन गर्ने तयारी गरेका छन् ।
काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं ६ एकता बस्ती (जैसिडिही) मा रहेको श्रीकृष्ण प्रणामी मन्दिरको भौतिक संरचना पुन: निर्माणको लागि दानवीरबाट चन्दा सहयोग भएको छ भने विशेष पूजाको लागि अक्षयकोषको व्यवस्था गरिएको छ ।
विगत एक दशकदेखि विभिन्न स्थानमा मठ मन्दिर तथा विद्यालयहरू निर्माण कार्यको लागि सप्ताह लगाउने कार्य तीब्र गतिले अगाडि बढ्यो । आयोजकको चाहना पुरा गर्न दानवीरले दानदिने क्रम प्रतिस्पर्धाको रुपमा अगाडि बढ्यो । आयोजकको उद्देश्य अनुसार कार्य भएको नभएको दानवीरले नियाल्दै रहे ‚ नियाल्दै जाने क्रममा जुन कार्यको लागि दान गरेका थिए सो हुन सकेन । कारणको पहिचान गर्दा सप्ताहमा धेरै खर्च भयो । दाताहरूले जुन कार्यका लागि दान गरेका थिए सो हुन सकेन । दानबाट आर्जित रकम सप्ताहका वाचक उपवाचक ‚ वाद्यवादन लगायतको विभिन्न शीर्षकमा खर्च हुनेहुदा मठ मन्दिर निर्माणमा रुप परिवर्तन भएको छ ।
पछिल्लो अवस्थालाई मध्यनजर राख्दै दानवीरले आफ्नै छनोटमा स्वतस्फुर्त तरिकाले चन्दादान गरेर विना चुहावट सदुपयोगमा ल्याउने उदाहरणीय कार्यको सुरुवात गरेका छन् । यस्तो कार्यको एक पात्रको रुपमा पाँचखाल नगरपालिका वडा नं ६ निवासी किरण कुमार सेडाई पनि धेरै मध्य एक हुनुहुन्छ । उहाँ आफ्नो व्यवसाय गर्ने क्रममा हाल पाँचखालमा स्थाई बसोवास गर्नुहुन्न । उहाँले आफ्नो कर्मथलो काठमाडौँ पेप्सीकोलालाई छनोट गर्नुभएको छ जसले गर्दा स्थाई बसोवास उतै । मोहन बहादुर सेडाई तथा महालक्ष्मी सेडाईको कोखबाट जन्मनु भएका तीन छोरा र एक छोरी समेतले जन्मथलोमा स्थाई बसोवास नगरी कर्मथलोमै रहेपनि जन्मथलोको सेवामा निरन्तर रहेको पाइन्छ ।
स्थानीय धर्मावलम्बीहरूले नेपाली धर्मसंस्कृतिको संरक्षणको खातिर श्रीकृष्ण प्रणामी धर्म आस्थालाई निरन्तरता दिदैँ जानेक्रममा मन्दिरको अभाव रहँदा पनि बाषिर्क रुपमा गरिने १६ विशेष पुजा घरघरमै गरिदै आएको थियो । मन्दिरको धेरै अभाव भएको महसुस हुदै गर्दा स्थानीय स्व.पञ्चमायाँ श्रेष्ठ (नानीकाजी श्रेष्ठको आमा ) ले २०६२ सालमा मन्दिर निर्माणको लागि घडेरी दान गर्नुभयो । सोहि जग्गामा स्थानियहरुले स्वइछिक रुपमा चन्दा सङ्कलन गरी मंदिर निर्माणको सुरुवात भयो । पाँचखाल नगरपालिकाको तफर्बाट ०७४ सालमा तीन लाख र संसद विकास कोषबाट ०७५ सालमा गजुर निर्माणको लागि तीन लाख ५० हजार वजेटको व्यवस्था भयो । सो रकमबाट मन्दिर निर्माण ‚ मुर्ती तथा गजुरको व्यवस्था गर्न केहि राहत भएपनि पुर्णता हुन सकेन ।
मन्दिरको अधुरो संरचनाहरुमा पुर्णता दिने विषयमा स्थानियहरुले चासो दिदै गर्दा समाज सेवि धार्मिक व्यक्तित्व किरण सेडाईको पहलमा चन्दा संकलनको सुरुवात भएको छ । सुरुवातीको क्रममा ३ लाख १५ हजार २२६ । सङ्कलन गरि श्रीकृष्ण प्रणामी सेवा समिति पाँचखालका अध्यक्ष शेर बहादुर श्रेष्ठलाई नव बर्ष ०८२ को अवसरमा आईतवार हस्तान्तरण गर्नुभएको छ । साथै मन्दिरमा हुने विशेष पुजामा टेवा पुर्याउनको लागि अक्षयकोषको समेत सुरुवात व्यवस्था गर्नुभएको छ । उहाँले आफ्ना स्व.पिता मोहन बहादुर सेडाई र माता महालक्ष्मी सेडाईको (मोहन महालक्ष्मी स्मृति कोष) नाउमा स्थापना गर्नुभएको छ । सुरुवातीमा सेडाई परिवारले एक लाख ११ हजार १११ को स्थापना गर्नुभएको छ । सोहि कोषमा मोहन महालक्ष्मी सेडाईको छोरी मञ्जु सेडाई (सिलुवाल) ले पति स्व.राजु सिलुवालको नाउमा २७ हजार १००। थप गर्नुभएको छ भने किरण सेडाईको मामाको छोरा सुमन घिमिरेले आफ्नो पिता स्व.तारा बहादुर घिमिरेको नाममा २५ हजार थप गर्नुभएको छ । जसवाट एक लाख ६३ हजार २११ को कोष व्यवस्थापन भएको छ ।
किरण सेडाईको पहलमा मंदिरको मर्मत संभारको लागि ३ लाख १५ हजार २२६ उपलब्ध भएकोमा चुडाराज सेडाई (विर्तादेउराली ) २५१११‚अञ्जु श्रेष्ठ (सोलुखुम्बु) २५१००‚.हरि सेडाई (विर्ता देउराली) २५०००‚.भक्त लामा (ए वान विल्डर्स प्रा.लि) २५०००‚.भ्रिशन शिवाकोटी (दोलखा) २२१११‚.प्रतिभा खत्रि सिलुवाल (जडिबुटी) २०१११‚.हेमराज लुइटेल (गोठाटार) २००००‚पदम श्रेष्ठ (राजकुमार) (पोप्सिकोला) १५५५५‚ अशोक श्रेष्ठ (बानेस्वर) १११११‚.मकुनद थापा (सरस्वतीखेल) १११११‚रामहरी कुंवर (पेप्सिकोला) १११०५‚.कपिल प्रधान (पेप्सिकोला) ११०००‚.बिक्रम थापा (सरस्वती खेल) ५५००‚निरु थापा (सरस्वतीखेल)५५००‚.अनिल थापा (सरस्वती खेल) ५५००‚.टिका लक्ष्मी सेडाई (पे्रम) विर्तादेउराली ५१११‚केशव बोहरा (सिन्धुपाल्चोक) ५१००‚.सुप्रिम कुंवर (टिकाथली) ५१००‚.चन्द्र केसी (मुलपानी) ५१००‚.लक्ष्मी नारायण दाना उद्योग ५१००‚ ।
सुदिप ढुंगेल (पेप्सिकोला) ५१००‚.कमलराज जोशि (पेस्किाेला) ५१००‚.सम्झना घिमिरे (तिनपिप्ले बजार) ५१००‚.बाबुराम अधिकारी (बालकोट) ५१००‚बलराम रानाभाट (गठाघर) ५१००‚.मोहन वहादु कुंवर (रमेश)पेप्सिकोला ५१००‚.गोविन्द पन्त (विर्तादेउरालि) ५१००‚.प्रविण श्रेष्ठ (तिनपिप्ले) ५१००‚.प्रतिमा ठकुरी (पेप्सिकोला) ५१००‚.ज्योति बिष्ट (भट्ट) ५००० । रहनुभएको छ । मन्दिर पुनरनिर्माण र अक्षयकोष समेत गरि हाल ४ लाख ७८ हजार ४३७। उपलब्ध भएको छ ।
प्रतिक्रिया दिनुहोस