२०८२ बैशाख ६, शनिबार | Sat, 19, Apr, 2025

हत्या गरी फरार रहेका ३ जना पक्राउ


२९१३ पाठक संख्या
  • २०८२ बैशाख ३, बुधबार मा प्रकाशित २ दिन अघि
  • तनहुँ । तनहुँमा एक व्यक्तिको हत्या गरी फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ शुक्लागण्डकी नगरपालिका ७ बस्ने २१ वर्षीय अमन गुरुङ, सोही नगरपालिकाको वडा नम्बर ५ बस्ने १८ वर्षीय रुपेश क्षेत्री र व्यास नगरपालिका १२ बस्ने वर्ष १८ का विजय गौतम रहेका छन् ।

    गत वैशाख १ गते बिहान शुक्लागण्डकी नगरपालिका ७ स्थित टुडा जाने बाटोमा एक पुरुष टाउकोमा चोट लागि मृत अवस्थामा फेला परेका थिए । त्यसपछि  इलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँबाट खटिएका प्रहरी अधिकृतको टोलीले अनुसन्धान सुरु गरेको थियो ।

    प्रहरी अनुसन्धानमा मृतक जिल्ला तनहुँ व्यास नगरपालिका १२ घर भई हाल भिमाद नगरपालिका ८ बस्ने ५५ वर्षीय मंगल गिरी भन्ने खुल्न आएको थियो ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव निरीक्षक अशोक थापाका अनुसार गिरीको तीन जना मिलेर ढुङ्गाले टाउकोमा प्रहार गरी हत्या गरेको खुल्न आएको थियो ।

    प्रहरीले तीन जनालाई पक्राउ गरी तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु