४ वैशाख, काभ्रेपलाञ्चोक । अविरल वर्षापछि खसेको लेदोसहितको पहिरोका कारण अवरुद्ध अरनिको राजमार्ग सुचारु भएको छ । साँझ ८ बजेबाट पूर्ण रुपमा राजमार्ग सुचारु भएको छ ।
पाँचखाल नगरपालिका–८ स्थित ५० किलो , ५१ किलो, ५२ र ५३ किलोमा लेदो सहितको पहिरो आएर अवरुद्ध भएको सडक सुचारु भएको पाँचखाल नगरपालिका वडा नं ८ का अध्यक्ष सञ्जय तामाङले जानकारी गराउनु भयो ।
‘माथिबाट आएको लेदोसहितको पहिरोका कारण चार ठाउँमा अवरुद्ध भएको थियो, सडक विभाग र नगरको जेसीबी प्रयोग गरी सडक खुलाएका छौं,’ अध्यक्ष तामाङले जानकारी गराउनु भयो ।
प्रतिक्रिया दिनुहोस