भनिन्छ स्वास्थ्यकर्मी विरामको लागि भगवान हुन ‚ वास्तवमै हो पनि । बिरामी र विरामको परिवारले भगवानकै रुपमा सम्मान गरेका हुन्छन् । धेरै स्वास्थ्यकर्मीहरूले भगवानको रुपमा कार्य नगर्ने त हैनन् तर केहिले भने लापरवाहीको पराकाष्ठा गर्दा उपचारको लागि अस्पताल पुगेका विरामको ज्यान जाने गरेको धेरै उदाहरणहरू छन् । सामाजिक रुपमा सम्मान साथै ठुलै इज्जत पाएका स्वास्थ्यकर्मीहरूले समाजले दिएको इज्जत पचाउन नसक्दा साथै आफ्नो कर्तव्य के हो भन्ने विषयमा सचेत हुन नसक्दा समस्या आउने गरेको छ । केही स्वास्थ्यकर्मीको कमजोरीले गर्दा समग्ररुपमा बिरामीको लागि भगवानकै रुपमा कार्य गर्नेको समेत विश्वास गुमेको छ । उपचारको क्रममा लापरबाहि गर्दा बिरामीको ज्यानमा खतरा हुने गरेको छ ‚ जसको कारण ज्यान जाँदा स्वास्थ्यकर्मीहरूमाथि हातपातको अवस्था आएको हो ।
आपतकालीन अवस्थामा बिरामी आकस्मिक कक्षमा पुग्नु स्वभाविक हो । जुन कक्षमा बिरामी पुग्नासाथ तत्काल उपचारको सुरुवात गरी बिरामीको अवस्थाको बारेमा जानकारी गराउनु पर्दछ । सो कक्षमा उपचारमा सुस्त भएमा समयमा उपचार अभावले गर्दा ज्यान जाने खतरा हुनु स्वभाविक हो । तर कतिपय अस्पतालहरूमा आकस्मिक कक्षमा आएका बिरामीको उपचारमा ढिला गर्दा ज्यान गएको उदाहरणहरू धेरै छन् ।हृदयघात ‚ टाउको तथा छातिको चोट ‚ दुर्घटना लगायतको उपचारको लागि आकस्मिक कक्षमा पुगेका बिरामीहरूलाई उच्च प्राथमिकता दिनुको बदला कम प्राथमिकता दिदा बिरामीको अकालमा ज्यान गुमाउनु पर्ने हुन्छ । कतिपय अस्पतालमा आकस्मिक कक्षमा पुगेका विरामको आर्थिकको कारणले उपचारमा ढिलाई गर्ने गरिन्छ । पैसाको अभावमा ज्यान गुमाउनु पर्दैन स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन वहादु बस्नेतले अभिव्यक्ति दिएपनि व्यवहारमा उतार्न चाहदैनन् अस्पताल प्रशासन । यस्तो लापरबाहि ढंगबाट सेवा दिनेमा धुलिखेअ अस्पताल पनि अग्रप.तिमा रहेको छ ।
विसं २०५३ मा धुलिखेल नगरपालिका, नेपाल मेड र धुलिखेल स्वास्थ्य सेवा संस्थाको संयूक्त योजनाको रूपमा तत्कालिन राजा बीरेन्द्रबाट उद्घाटन भई सञ्चालनमा आएको अस्पताल जिल्लावासिको आशा र भरोसाको रुपमा रहेको थियो । सञ्चालको छोट्टै अवधीमा राम्रो प्रशिद्धी कमाइ सकेको अस्पतालमा काठमाडौँ विश्वविद्यालय स्कूल अफ मेडिकल साइन्सका विधार्थीहरूले शिक्षण अस्पतालको रूपमा पनि उपयोग गरिरहेका छन् । अस्पतालले मुलुकका झण्डै दुई दर्जन स्थानमा सामुदायिक स्वास्थ्य केन्द्र (आउटरिच सेन्टर) सेवा दिदै गर्दा सेवाग्राहिहरुले साथ दिनु नौलो हैन । तर पछिल्ला समयमा स्वास्थ्य विमाको समेत सेवा दिन सुरुगरेको अस्पतालको गतिविधि शक्तिको पछाडि दौडिएको छ । अस्पताल प्रशासनको नजिकका व्यक्तिहरुको सहजढंगबाट राम्रो उपचार हुन्छ तर अन्यको उपचारमा आलटाल ।
निकै चर्चामा रहेको साथै नेपाल सरकारबाट राम्रै सहयोग पाएको अस्पतालको फार्मेसिमा म्याद गुजे्रको औषधी फेला नपरेको हैन । जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले म्याद गुज्रिएको औषधी फेला पारेको हो । ०७५ असारमा ‘अनुगमनका क्रममो फार्मेसीबाट मानसिक रोगका लागि प्रयोग हुने औषधि इटाट्रम ५ एम्जी तीस वटा ट्यावलेट म्यद गुज्रिएको भेटिए पछि औषधी जफत गरेको थियो । अस्पतालका नाममा साढे २४ करोड रुपैयाँभन्दा बढी बेरुजु रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यलयले २०७४/०७५ देखि २०७८/७९ सम्म लगेको २४ करोड ५९ लाख ३७ हजार ८४० रुपैयाँको बेरुजु फर्स्योट नगरेको औल्याइएको थियो । आर्थिक वर्ष २०७७/०७८ मा प्रकाशित महालेखाको वार्षिक प्रतिवेदनले त अस्पताललाई नै ‘गैरकानुनी’ भनेको छ । सो अस्पतालले ४४० शैय्या संचालन गरेतापनि अनुमति नलिएर संचालन गरेको भन्दैं १ लाख ७० हजार रुपैयाँ जरिवाना र सोमा लाग्ने दस्तुरसमेत असुल उपर गर्नुपर्ने उल्लेख गरेको छ ।
सोही आर्थिक वर्षका लागि छुट्याइएको ५ करोड ६१ लाख ३५ हजार रुपैयाँ अनुदान मन्त्री र सचिवस्तरीय निर्णय गरेर ०७८÷०७९ मा खर्च गर्ने गरेको निर्णय गरेकोले त्यो पनि कानुनी प्रक्रिया बाहिर गएकाले सरकारको संचिती कोषमा दाखिला गर्नुपर्ने महालेखाको ठहर छ । अस्पताललाई आईसीयु र भेन्टिलेटर खरिदका लागि १ करोड ८० लाख रुपैयाँ भुक्तानी दिन स्रोत सुनिश्चितता गरिएको तर भेन्टिलेटर स्थापना भएको प्रमाण पेश नभएको महालेखाको प्रतिवेदनमा छ । यति धेरै कमी कमजोरी गर्दै आएको अस्पतालले दुर्घटनामा आएका विरामीहरुको उपचारमा दोहोरो तेहेरो भुक्तानि लिई ठग्ने समेत गरेको छ । स्वास्थ्य क्षेत्रमा हुने यस्तो लापर्वाहिले विरामीको उपचारमा कमजोरी हुँदा जटिल समस्या आउने भएको छ ।
प्रतिक्रिया दिनुहोस