विपदमा साथ र सहयोग गर्नको लागि मुलुकका तीनै तहमा विपद व्यवस्थापन कोषको व्यवस्थापन गरिन्छ । धेरै पटक बैठक बसेर योजनाहरू बनाइन्छ । उद्धार कार्यको तयारीको लागि विभिन्न खाले प्रदर्शनहरू निरन्तर रुपमा गरिन्छ । तर जव विपदको सामना गर्नुपरे समयमा तै चुप मै चुप । कतिपय स्थानीय तहमा विपदको लागि आवश्यक तैयारीको सामाग्रीहरू खरिद गरेर स्टोरमा थुपारिएका हुन्छ तर समस्या पर्दा सो सामाग्रीहरू प्रयोगमा आउदैनन् । अविरल वर्षात हुँदै गर्दा असोज १२ गते शनिवारको दिन कहाली लाग्दो अवस्था सृजना भयो । अकल्पनिय घटनाहरू घट्नेक्रम एक पछि अर्को गर्दै निरन्तर रुपमा रह्यो । राजमार्ग ‚ कृषि सडक तथा घुले सडकहरू ध्वस्त भए । यात्रा गर्दै गरेका यात्रीहरू जटिल समस्यामा परे । पहिरो तथा खोला नालाले धनजनको क्षति पु¥यायो ।
वाडि पहिरोका कारण खर्वाैको संरचनाहरू ध्वस्त भए । सयौँ मानिहरूले अकालमा ज्यान गुमाउन विवश भए । कतिपय खोलाको टापुमा उद्धारको पर्खाइमा चिच्याउदै त कतिपय हिलोको दबदबामा डुबुल्की मार्दै ‚ कतिपय पीडितहरू डुब्दै गरेको घरबाट निस्किएर बाच्ने आशामा धुरीमा पुगेर हार गुहार गर्दै रहे । सडकमा यात्रा गर्दै गरेका यात्रुहरू सडक भक्तिए पछि अलपत्र परे ‚ भोक मार्ने त परकै कुरो पानीको पियास मेटाउन समेत नपाई छटपटिदै उद्धारको पर्खाइमा रहे । कतिखेर कताबाट पहिरो आएर पुर्ने हो की यात खोलाले बगाउने हो भन्ने आशङ्कामा छटपटाउदै गर्दा विगतको समयमा विपदको सामना गर्न बनाइएका विपद व्यवस्थापनको अत्तो पत्तो रहेन । सडकहरू पूर्ण रुपमा अवरोध हुँदा सडक खोलाउने कार्यमा समेत कसैको चासो पुगेन । बिरामी भएकाहरू अस्पताल सम्म पुग्न नसक्ने अवस्था सृजना भयो ।
पहिरोले विद्युतको पोलहरू ढल्दा अन्धकार त भयो नै सञ्चार पूर्ण रुपमा अवरोध हुँदा थप पीडा भोग्न बाध्य भए पीडित । घरबाहिर रहेका परिवार तथा आफन्तसँग सम्पर्क नहुँदा सुरक्षित रहेका परिवारमा समेत छटपटीले निकै पीडा दियो । कालो दिनको रुपमा रहेको असोज १२ गते शनिवार दिउसो ४ बजेबाट वर्षात रोकियो वर्षात रोकिँदा पनि विपद व्यवस्थापन समितिको अत्तो पत्तो रहेन । आइतबार बिहान सम्म जनताको पीडामा खासै चासो नभएपछि पीडित जनता नै घरेलु हतियार बोकेर सडक खोल्नको लागि जुटे । तव कतिपय स्थानीय तहका जनप्रतिनिधि डोजर लिएर सडक खुलाउन अगाडि बढ्दै गर्दा बल्ल सीमित सङ्ख्यामा उपस्थित जनाए उद्धार टोली ।
काभ्रेमा पछिल्लो समय सम्ममा ६८ जनाले ज्यान गुमाई सकेका छन् भने ८ जना अझै बेपत्ता रहेका छन् । ७१ जना घाईते भएका छन् भने ८०२ जनाको उद्धार भएको छ । समयमै विपद व्यवस्थापन समितिले सकृयता देखाएको भए यति धेरै सङ्ख्यामा मानव क्षति हुने थिएन । व्यवस्थापन समितिको निस्क्रियताले थप क्षति हुन पुगेको विश्लेषकहरूको ठम्याई रहेको छ । लगन पछिको पोते भने झै घटना घटेको ४८ घण्टापछि उद्धारको सामाग्रीको अभाव देखाउदै जुटेको व्यवस्थापन टोलीबाट खासै सहयोग मिलेन । विपद व्यवस्थापन समितिको निस्क्रियताले गर्दा बिपि राजमार्ग र आसपासमा फसेका पीडितहरूको उद्धारको लागि काठमाडौँ महानगरबाट टोली आउनु पर्यो । पीडामा साथ दिनको लागि विभिन्न सङ्घ सांसदहरुले सकृयता देखाएको छ । जुन मानवीय सेवामा जुट्दै गर्दा वितरण गरिएको राहत सामाग्री प्रदान गरेको फोटोहरू सामाजिक सञ्जालमा राख्नु पीडितलाई थप पीडा महसुस हुन सक्छ । सेवा गर्दै गर्दा पीडितलाई थप पीडा नहुने ढङ्गबाट जुट्न उचित रहन्छ ।
प्रतिक्रिया दिनुहोस