काभ्रेपलाञ्चोक जिल्लामा पछिल्लो समयमा चोरीको बिगविगती भएको छ । पार्किङमा राखिएको सवारी साधनहरूको ब्याट्री चोरी गर्ने ‚ गाडिमा रहेको इन्धन ‚ दिउसै मानिस नभएको मौका छोप्दै सुटुक्क घरभित्र पस्ने र बहुमूल्य सामानहरू चोरी गर्ने । सार्वजनिक यातायातमा यात्रुहरूले राखेको झोलाबाट सामान ‚ यात्रुहरूले लगाएको सुनहरू ‚ प्रतीक्षालयमा रहेका यात्रुहरूको सामान चोरी गर्ने समेत विभिन्न प्रकारबाट चोरी हुनेगरेको छ । विगत ५ वर्ष अगाडि यस्तै ढङ्गको तरिका चोरी गर्नेको क्रम बढ्दै जाँदा काभ्रे प्रहरीले सूक्ष्म ढंगबाट निगरानि राख्दै कारवाहीको प्रकृया अगाडि बढाउदा चोरी नियन्त्रण भएको थियो ।
झण्डै ५ वर्षसम्म चोरको घटनाहरू नहुँदा सर्वसाधारणहरू ढुक्क थिए तर पछिल्लो समयको अवस्थाले गर्दा त्रसित भएका छन् । जनताको जिउ धनको सुरक्षाको लागि जिम्मेवारी लिएका सम्बन्धित निकायले सुरक्षाको विषयमा कम चासो दिदा समस्या आएको हो । चोरीका घटनाहरू घट्दै गर्दा सूक्ष्म ढङ्गबाट निगरानी बढाएर कारवाहीको दायरामा ल्याउन सकेमा यस्ता घटनाहरू नियन्त्रण दुदै जान्छ । धेरै ठाउमा घटनाहरू घट्दै घटना घटाउनेलाई कारवाहीको दायरामा ल्याउन नसक्दा थप घटनाहरू हुने प्रबल सम्भावना रहन्छ । सुरुको अवस्थामा सामान्य ढङ्गको चोरी भएपनि कारवाहीको दायरामा ल्याउन नसक्ने हो भने जटिल ढङ्गको घटनाहरू नघट्ला भन्न सकिन्न ।
घरका परिवारहरू घरदेखि टाढा घुम्न जाँदा सामाजिक सञ्जाल मार्फत जानकारी दिने ‚ सार्वजनिक यातायातमा यात्रा गर्दै गर्दा आफूले बोकेको सामानहरू सुरक्षित नराख्नु । घरभित्र बस्दै गर्दा मुख्य ढोकामा ताला नलगाउनु ‚ घरबाट कतै बाहिर जाँदा घरमा ढोका लक नगरी निस्कनुले पनि घटनाहरू घट्ने गरेको छ । चोरीको बिगबिगती बढ्दै गर्दा सुरक्षित अपनाउने बिषयमा चनाखो हुन जरुरी रहन्छ । पछिल्लो समयमा हुने गरेको घटनाहरूको बारेमा सम्बन्धित निकायलाई समयमै जानकारी नगराएको समेत पाइन्छ । सानु होस या ठुलो जस्तो सुकै घटनाहरू घट्नेवित्तिकै प्रहरीलाई जानकारी गराउँदा अनुसन्धान गर्ने वातावरण तयार हुन्छ ।
प्रतिक्रिया दिनुहोस