दहीमा प्रशस्त क्याल्सियम तथा ल्याटिक एसिड पाइने भएकाले दही स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । स्वाद र स्वास्थ्यका लागी मात्र होइन दहिको उपयोगीता गर्मीमा शितलता दिने पनि रहेको छ ।
त्यसैले गर्मी मौसममा दहीको खपत अन्य मौसमको तुलनामा अत्यधिक रहने गर्दछ । दहीबाट मोहि, लस्सि बनाएर पिउँदा यसले निकै शितलता प्रदान गर्दछ । यस अलावा दहिलाई लगभग सबै परीकारमा मिसाएर खान सकिन्छ । यो स्वास्थ्यका लागी निकै उपयोगी हुन्छ ।
१. आँप र दही
भुलेर पनि आँप र दही एकसाथ खानु हुँदैन । यि दुबैमा विपरीत गुण हुन्छ । दहीले शितलता प्रदान गर्दछ । तर आँपले गर्मी गराउँछ । तसर्थ दुबै एकसाथ सेवन गर्दा शरीरमा टक्सिन बन्ने गर्दछ ।
२. चीज र दही
चीज र दही एकसाथ खादाँ यसले शरीरमा नकारात्मक असर पार्दछ । दुबैलाई एकसाथ खान आयुर्वेदले समेत वर्जित गरेको छ ।
३. केरा र दही
दही, चिउरा र केरा मिसाएर खाने नेपाली परम्परा रहेको छ । तर यसरी दही र र केरा एकसाथ खादाँ पेट घोच्ने, पोल्ने समस्या हुने गर्दछ ।
४. मासको दाल र दही
हुनत श्राद्धमा मासको दाल र दही एकसाथ खाने गरिन्छ । तर मासको दाल र दही एकसाथ खानु हानिकारक हुन्छ । यो एकसाथ खादाँ शरीरमा आलस्यता बढ्ने गर्दछ ।
दही खादाँ सकेसम्म दही मात्र खानु पर्दछ । यसमा अन्य कुरा मिसाउनु हुदैन । अन्यथा फाइदाको साटो नोक्सान हुनसक्छ । गर्मीमा दहीको सेवन अत्यन्त फाइदाजनक हुन्छ ।
प्रतिक्रिया दिनुहोस