२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

अंगुर खादा स्वास्थ्यमा धेरै फाईदा


५६६० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ चैत्र १४, शनिबार मा प्रकाशित ३ साल अघि
  • अहिले जताततै अंगुर पाइन्छ । यो अंगुरको सिजन हो । अंगुर हेर्दा जति आकर्षक लाग्छ, उति नै धेरै यसको फाइदा छ । यसको सेवनले कब्जियत, अपचदेखि मिर्गौला तथा मांसपेशीका समस्यासम्म फाइदा पुर्‍याउँछ ।

    अंगुरमा फाइबर, कार्बोहाइड्रेट, एन्टीअक्सिडेन्ट, प्रोटिन, फ्लाभोनोइड पाइन्छ । साथै भिटामिन के, ए, सि र बी ६ का साथै पोलिफेनोस र फेनोलजस्ता जस्ता पोषण समेत पाइन्छ । यसका साथै थियामिन, रिवोफ्लाभिन, नियासिन, फोलेट र पोटासियम, क्याल्सियम, म्याग्नेसियम, फोस्फोरस, सोडियमजस्ता मिनरल्स समेत अंगुरमा पाउन सकिन्छ ।

    अंगुर सेवनको फाइदा :
    १. अंगुरको सेवनले कब्जियत र अपचको समस्या हटाउँछ ।
    २. यसको सेवनले थकान मेटाई शरीर स्फुर्त बनाउँछ ।
    ३. मिर्गौलाको समस्या समाधान गर्न पनि अंगुरको सेवन उपयोगी हुन्छ ।
    ४. हड्डी स्वस्थ राख्न, मोतिबिन्दु हुन नदिन पनि अंगुर अति उपयोगी मानिन्छ ।
    ५. अंगुरमा हुने पानीको मात्राले फोक्सोमा आद्रता बढाउँछ ।
    ६. यसको सेवनले दमका रोगीलाई पनि फाइदा पुर्याउँछ ।
    ७. यसमा हुने तामा, फलामजस्ता सुक्ष्मपोषक तत्वले हड्डी मजबूत पार्दछ ।
    ८. अंगुरले रगतमा नाइट्रिक एसिडको मात्रा बढाउँछ, जसले गर्दा रगत जम्न पाउँदैंन ।
    ९. यसको सेवनले हृदयाघात हुने सम्भावना कम गराउँछ ।
    १०. यसमा हुने एन्टीअक्सिडेन्टले खराब कोलेस्टेरोलबाट बचाउँछ ।
    ११. बिहान–बिहान अंगुरको जुस पिउनाले माइग्रेन हुन पाउँदैंन ।
    १२. अंगुरले दाँत सड्नबाट समेत रोकथाम गर्छ ।
    १३. यसको सेवनले स्तन क्यासर, अल्जाइमर हुन दिँदैंन ।

    अंगुरको बाहिरी फलमात्र होइन, भित्रको बियाँसमेत स्वस्थकर हुन्छ । अंगुरको बियाँले सुन्निने समस्या समाधान गर्छ भने मधुमेहका कारण आँखाको समस्या निम्तन दिँदैंन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु