२०८३ जेष्ठ २२, शुक्रबार | Fri, 05, Jun, 2026

आज २२ जेठ शुक्रवार को राशिफल


१३२७ पाठक संख्या
  • २०८३ जेष्ठ २२, शुक्रबार मा प्रकाशित १७ घण्टा अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    सामाजिक क्षेत्रमा प्रतिष्ठामा वृद्धि हुनेछ। मांगलिक कार्यमा धन खर्च हुनेछ। नोकरी वा पेशामा अधिकारिहरुसँग मनमुटाव हुन सक्छ। आर्थिक पक्ष सामान्य रहनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ८ रहेको छ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    कार्यक्षेत्रमा अग्रिम रोकिएको कार्यहरू प्रारम्भ हुनेछ। व्यापार व्यवसायमा आफ्नो बुद्धि र अनुभवले निर्णय लिनुहोला। परिवारमा कसैको पदोन्नति वा वेतन वृद्धि जस्तो कुराले मन प्रसन्न रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    व्यापार व्यवसायमा ईर्ष्याले गर्दा नोक्सान हुन सक्ला। नोकरी वा रोजगाको खोजिमा सफलता मिल्नेछ। धार्मिक आयोजनमा सम्मान बढ्नेछ। धन खर्चमा नियन्त्रण राख्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। कार्यक्षेत्रमा नयाँ कार्य प्रारम्भ गर्न सकिनेछ। व्यापार व्यवसायमा शत्रु पक्षबाट सतर्क रहनुपर्ने हुन्छ। दाम्पत्य जीवन सुखमय रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    आफन्तहरूसँग मनमुटाव रहनेछ। कार्यक्षेत्रमा श्रमको अनुरुप फल नमिल्ला। व्यापारमा पारदर्शिता राख्नुहोस्। कार्यक्षेत्रमा आयस्रोत बढ्नेछ। प्रेम सम्बन्धलाई विवाहमा टुङ्ग्याउन सकिनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    धार्मिक संघ संस्था वा समारोहमा सम्मिलित हुने अवसर मिल्नेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा सफल रहनेछ। सरकारी योजनाहरुको लाभ मिल्नेछ। शिक्षाको क्षेत्रमा नयाँ अवसरहरू मिल्नेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ७ रहेको छ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    आर्थिक समस्याबाट समाधान प्राप्त हुनेछ। धार्मिक विषयवस्तुमा कसैलाई सहयोग गर्न सक्नुहुन्छ। थोरै मेहनतले पनि विशेष लाभ लिन सकिनेछ। सन्तान पक्षबाट शिक्षाको क्षेत्रमा शुभ समाचार प्राप्त हुने योग छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    व्यवसायमा आज बिक्री राम्रो हुनेछ। कार्यक्षेत्रमा राम्रो प्रदर्शन रहनेछ। समाजमा मान सम्मान प्राप्त हुने योग छ। अप्रत्याशित लाभ हुने सम्भावना रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    विनम्रताको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। मेहनतले शत्रुहरू पनि मित्रवत व्यवहार गर्न बाध्य हुनेछन्। व्यापार व्यवसायमामा अनुभवी व्यक्तिहरूको सल्लाह लिदै कार्य गर्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    नयाँ लगानी लगाउनबाट बच्नुहोस। कुनै पनि कार्यलाई लिएर लापरवाही नगर्नुहोला। धेरै लाभको मोहमा हानि होला। आफन्तहरूको मध्य रमाइलो समय व्यतीत हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    आत्मविश्वास र मनोबलमा वृद्धि हुनेछ। छरछिमेकीसँग वादविवादको सम्भावना रहेको छ सावधान रहनुहोला। आफ्नो निजी कार्य भोलिलाई नटाल्नुहोस्। सकारात्मक सोचले सबैलाई प्रभावित पार्न सक्नुहुनेछ। आजको शुभ रंग सेत‍ो हो भने शुभ अंक ३ रहेको छ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    आफन्तहरूको सहयोग मिल्नेछ। मेहनत अनुसार राम्रो परिणाम प्राप्त हुनेछ। कार्यक्षेत्रमा बोलिको प्रभावले नँया अवसर प्राप्त हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार