२०८३ आश्विन ३०, शुक्रबार | Fri, 16, Oct, 2026

मधेसकेन्द्रित नौ दल एकजुट, मंसिर १० देखि आन्दोलनको तयारी


१७४३ पाठक संख्या
  • २०८३ आश्विन २९, बिहिबार मा प्रकाशित १ दिन अघि
  • काठमाडौँ । मधेसकेन्द्रित नौ राजनीतिक दल सम्मिलित अग्रगामी मोर्चाले छठपछि सरकारविरुद्ध आन्दोलन गर्ने तयारी थालेको छ। मोर्चाले आगामी मंसिर १० गते काठमाडौँको खुलामञ्चबाट आन्दोलन घोषणा गर्ने तयारी गरेको हो।

    जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष जितेन्द्र सोनलका अनुसार मोर्चामा आबद्ध दलहरू अहिले आन्तरिक तयारी र संगठन सुदृढीकरणमा जुटेका छन्। जनमत पार्टीका महासचिव सञ्जय यादवले पनि छठपछि मोर्चाको बैठक बसेर आन्दोलनको स्वरूप तय गरिने बताए।

    जसपा नेपालका महासचिव डा. सुरेन्द्र झाले चाडपर्वसम्म संगठन समायोजन, जनतासँग अन्तरक्रिया तथा सरकारका कामकारबाहीबारे सुझाव संकलन गरिने र त्यसपछि संघर्षका कार्यक्रम अघि बढाइने जानकारी दिए।

    संविधानको रक्षा, उत्पीडित समुदायको पहिचान, समान अधिकार, समावेशिता र सामाजिक न्यायका मुद्दालाई आन्दोलनको मुख्य एजेन्डा बनाइने नेताहरूले बताएका छन्। आन्दोलनमा जेनजी पुस्तालाई समेत सहभागी गराउने लक्ष्य राखिएको छ।

    जसपा नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाललगायत नौ दल सम्मिलित अग्रगामी मोर्चाले कार्यगत एकताका लागि सहकार्य गर्दै आएको छ। यसैबीच, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी र रामकुमार शर्मा नेतृत्वको हुँकार मधेसले पनि छठपछि संघर्षका कार्यक्रम अघि बढाउने तयारी गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑