पनौती अस्मनगर साकोसको सातौं वार्षिक साधारण सभा तथा पनौती काठमाडौं एक्सप्रेस उपभोक्ता समूहको ११औं वार्षिक
पनौती
अस्मनगर साकोसको सातौं वार्षिक साधारण सभा तथा पनौती काठमाडौं एक्सप्रेस उपभोक्ता समूहको ११औं वार्षिक साधारण सभा सम्पन्न भयो ।
साधारण सभामा छुट्टाछुट्टै प्रगति प्रतिवेदन प्रंस्तुत गरिएको थियो भने अस्मनगर साकोसको सचिव उत्तमप्रसाद वाग्लेले तथा आयव्यय विवरण कोषाध्यक्ष हर्षसुन्दर श्रेष्ठले प्रस्तुत गरेका थिए । पनौती काठमाडौं एक्सप्रेस उपभोक्ता समूहको वार्षिक प्रगति प्रतिवेदन तथा वार्षिक आयव्यय विवरण अध्यक्ष सरोज लामाले प्रस्तुत गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि समाजसेवी उद्धवप्रसाद सापकोटा रहेका थिए भने कार्यक्रमको सभापतित्व अस्मनगर साकोसका अध्यक्ष काजीबहादुर खत्रीले गरेका थिए भने कार्यक्रम संचालन सदस्य सन्तोष लामाले गरेका थिए ।
अस्मनगर साकोसमा ४ सय २८ शेयरसदस्य, शेयरपुँजी २६ लाख, ८३ हजार ८ सय, ऋण लगानी १ करोड २३ लाख रहेको छ ।
प्रतिक्रिया दिनुहोस