२०८३ आश्विन २२, बिहिबार | Thu, 08, Oct, 2026

पशुपतिनाथमा प्रवेश गरी टिकटक बनाएको आरोपमा दम्पती पक्राउ


२१५९ पाठक संख्या
  • २०८३ आश्विन २१, बुधबार मा प्रकाशित १ दिन अघि
  • काठमाडौँ । पशुपतिनाथ मन्दिरको मुख्य गर्भगृहमा प्रवेश गरी टिकटक भिडियो बनाएको आरोपमा प्रहरीले सुनसरीबाट एक दम्पतीलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–८ का ३१ वर्षीय आसिम अन्सारी र उनकी पत्नी ३१ वर्षीया प्रियंका परियार रहेका छन्। प्रहरी वृत्त गौशालाको पत्रका आधारमा सुनसरी प्रहरीले उनीहरूलाई इटहरी–८ स्थित रंगशालाबाट पक्राउ गरेको हो।

    पक्राउपछि दुवैलाई आवश्यक अनुसन्धानका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी परिसर सुनसरीका एक प्रहरी अधिकारीले बताएका छन्।

    प्रहरीका अनुसार केही दिनअघि पशुपतिनाथ मन्दिर पुगेका उनीहरूले मुख्य मन्दिरभित्र प्रवेश गरी भिडियो बनाएका थिए। उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि ‘गैरहिन्दूलाई पशुपतिनाथको मुख्य मन्दिरमा प्रवेश गराइएको’ भन्दै आलोचना भएको थियो।

    भिडियोमा आसिमले मुस्लिम समुदायले लगाउने टोपी लगाएको देखिएपछि घटनाले थप चर्चा पाएको हो। यस विषयमा सांसद खुस्बु ओलीले समेत सामाजिक सञ्जालमार्फत प्रश्न उठाएकी थिइन्।

    प्रहरीले घटनाको वास्तविकता र मन्दिर प्रवेशसम्बन्धी नियम उल्लंघन भए–नभएकोबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑