२०८१ आश्विन ३, बिहिबार | Thu, 19, Sep, 2024

पनौतीमा ज्या पुन्ही जात्रा सकियो


५७६८ पाठक संख्या

पनौती / प्रत्येक बर्ष जेठ पुर्णिमाका दिन हुने पनौतीको ‘ज्या पुन्ही’ जात्रा सकिएको छ ।

  • नवसंकेत अनलाईन
  • २०७४ जेष्ठ २८, आईतबार मा प्रकाशित ७ साल अघि
  • पनौती / प्रत्येक बर्ष जेठ पुर्णिमाका दिन हुने पनौतीको ‘ज्या पुन्ही’ जात्रा सकिएको छ । तीन दिन सम्म चल्ने उतm जात्रामा अनौठो परम्परा छ । जात्रामा यौनिकता झल्काउने गरी उन्मत भैरव, भद्रकाली र इन्द्रेश्वर महादेवविच सम्भोग गराइन्छ ।
    लाम्पाटीमा रहेको भैरवको रथलाई तानेर ल्याई पुलिसपाटीनजिकै रहेको भद्रकालीको रथस“ग जुधाइन्छ । रथ जुधाउने बेलामा दुवै रथमा सवार रहेका मानिसहरू एक–आपसमा अबिर छर्केर हर्ष व्यक्त गर्दछन् । यो कार्य सकिएपछि भैरवको रथलाई फर्काएर नवदुर्गा डबलीभन्दा केही पर राखिन्छ । उन्मत्तभैरवको रथ गन्तव्यस्थानमा पुगेपछि भद्रकालीको रथ तानेर ल्याई भैरवको रथस“ग पछाडिबाट जुधाइन्छ । एवं प्रकारले भैरव र भद्रकालीको रथ तीन–तीनपटक एक–आपसमा जुधाइसकेपछि इन्द्रेश्वर महादेवको रथ भद्रकालीको रथस“ग अगाडिबाट तीनचोटि जुधाइन्छ । रथ जुधाउ“दा अबिर एक–आपसमा छर्केर हर्ष व्यक्त गर्ने चलन छ । रथ जुधाउने जात्रा हेर्नको लागि टाढा टाढाबाट मानिसहरु आउने गरेका छन् ।
    किवंदन्ती अनुसार, परापूर्वकालमा महादेवले कृष्णको चरित्र जान्न एक हजार आठ गोपिनी मध्येबाट एक दिन आग्रह गरेका थिए । कृष्णले आफु नभएको कोठाबाट लैजान भनेपनि सबै कोठामा कृष्ण रहेको पाए । कैलाशमा गएर पार्वतीलाई सो कुरा बताउ“दा उनले पनि महादेवको चरित्र हेर्ने विचार गरिन् । पार्वती ६४ योगिनीको रूप धारण गरेर कामातुर भई महादेवलाई लखेट्न थालिन् । सो रूप देखी महादेव डराएर भाग्दै गई पनौतीको त्रिवेणीस्थित नदीमा गुप्त रूपमा लुकेर बसेको पावर्तीले थाहा पाएर ६४ योगिनी पार्वतीले त्रिवेणीवरपर महादेवको प्रतीक्षा गरिरहिन् । त्यसै बेला महादेव पनि उन्मत्तभैरवको रूप धारण गरी बाहिर निस्के । भैरवको डरलाग्दो उन्मत्त रूप देखेर डराएकी ६४ योगिनीरूपी पार्वती भद्रकालीको रूप बदलेर रोसीखोलाको किनारैकिनार भागेकी थिइन् । भाग्दाभाग्दै लायकु डबली पुगेपछि उन्मत्तभैरवले भद्रकालीलाई पछाडिबाट तीनपल्ट सम्भोगगरेपछि भद्रकाली शान्त अवस्थामा आएको विश्वास गरिन्छ । यौनक्रियाबाट तृप्त भएपछि भद्रकालीले भैरवलाई आफ्नो वास्तविक स्वरूपमा आई सम्भोग गर्ने इच्छा जाहेर गरेपछि महादेव वास्तविक स्वरूपमा आई पुनः तीनपटक अगाडिबाट सम्भोग गरेका थिए ।

    इन्द्रेश्वर महादेव मन्दिरका मुल पुजारी शिवप्रसाद जंगमका अनुसार जात्रा १४ सय २६ बर्ष पुरानो हो । राजा शिवदेव मल्लको पालादेखि चल्दै आएको जात्रामा यौनिकता झल्कने उनले बताए ।
    प्रत्यक्ष यौनक्रियास“ग सम्बन्धित जात्रा भएकाले बेलुका मात्रै सञ्चालन गर्ने गरिएको छ । ज्यहा पुन्हीपछि पनँैतीमा यो बर्षका जात्रा सकिन्छन् । अन्तिम जात्रा भएकाले आफन्त र इष्टमित्र अनिवार्य पुग्ने गरेका छन् । छिमेकी सिन्ुधुपाल्चोक, दोलखा, रामेछाप, काठमाडौं, भक्तपुर, ललितपुर देखिका मानिसहरु जात्रा हेर्न आएका थिए ।

     

    [google-translator]

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार