२०८३ आश्विन ३०, शुक्रबार | Fri, 16, Oct, 2026

कलङ्की विवादले लियो युवकको ज्यान, एक जना पक्राउ


३५११ पाठक संख्या
  • २०८३ आश्विन २८, बुधबार मा प्रकाशित १ दिन अघि
  • काठमाडौँ । काठमाडौँको कलङ्कीमा कुटपिटबाट एक युवकको मृत्यु भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गर्नुका साथै थप तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

    मृत्यु हुनेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ घर भई हाल काठमाडौँको खसी बजारमा बस्दै आएका १८ वर्षीय रोशन पाख्रिन रहेका छन्।

    प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–१४, कलङ्कीमा विवादका क्रममा १९ वर्षीय रूपेश पाख्रिनले रोशनमाथि कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएका रोशनको कलङ्कीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

    घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले रूपेशलाई मंगलबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ।

    घटनाको सम्बन्धमा थप अनुसन्धानका लागि प्रहरीले अन्य तीन जनालाई समेत नियन्त्रणमा लिएको छ। घटनाको कारण र संलग्न व्यक्तिहरूबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑