बनेपा/ नेपाली भाषा र साहित्यको उत्थानमा समर्पित जनमत साहित्य बाटिकाले २०४ औ भानु जयन्तिको अवसरमा
बनेपा/ नेपाली भाषा र साहित्यको उत्थानमा समर्पित जनमत साहित्य बाटिकाले २०४ औ भानु जयन्तिको अवसरमा बनेपामा विशेष साहित्यिक तथा पुस्तक विमोचन कार्यक्रम गर्ने भएको छ । बनेपा÷ नेपाली भाषा र साहित्यको उत्थानमा समर्पित जनमत साहित्य बाटिकाले २०४ औ भानु जयन्तिको अवसरमा बनेपामा विशेष साहित्यिक तथा पुस्तक विमोचन कार्यक्रम गर्ने भएको छ । संस्कृतमा लेखिएको हिन्दुहरुको महान धार्मिक ग्रन्थ रामायणलाई नेपालीमा अनुवाद गरेर सामान्य नेपालीले पनि रामायण पढ्न र बुझ्न सक्ने बनाएर उनले सबै नेपाली भाषीहरुलाई एकताबद्ध गरेको मानिन्छ । उनै नेपाली साहित्य जगतका आदिकवि भानुभक्त आचार्यको २०४ औ जन्मजयन्तिको अवसर पारेर विशेष साहित्यिक कार्यक्रम गर्न लागेको जानकारी वाटिकाका संयोजक साहित्यकार सूर्यप्रसाद लाकोजूले बताएका छन् । सोही कार्यक्रममा हरिप्रसाद चौलागाइँद्धारा रचित विर्सिएका पाइलाहरु खण्डकाब्य र चिरञ्जिवी माकजुद्धारा लिखित जीवन जन र जगत नामक कविता संग्रहको विमोचन हुने भएको छ । जनमत साहित्य बाटिकाले विगत लामो समयदेखि साहित्यिक संस्थाहरु, स्वदेशी एवं विदेशी साहित्यकारहरुको स्वागत तथा सम्मान गर्ने कार्यक्रम पनि गर्दै आएको छ । आषाढ ३१ गते शनिबार बनेपा नगरपालिकाका शभाकक्षमा सम्पन्न हुने सो कार्यक्रममा नेपाली शिक्षा परिषदलाई आमन्त्रण गरिएको र सोही संस्थाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न हुने कुरा बाटिकाका संरक्षक बरिष्ठ साहित्यकार मोहन दुवालले बताए ।त्यसैगरी,
प्रतिक्रिया दिनुहोस