बनेपा-नेकपा माओवादीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) १८ गते काभे्रको डाँडापारी क्षेत्रमा पर्ने
बनेपा-नेकपा माओवादीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) १८ गते काभे्रको डाँडापारी क्षेत्रमा पर्ने महाँभारत गाउंपालिकामा आउनु हुने भएको छ ।
डाँडापारी क्षेत्रको साथै महाभारत गाउंपालिकाको समस्याहरु वुझ्नको लागि आउन लागेको जानकारी प्राप्त भएको छ । महाँभारत गाउंपालिकाको आयोजनामा हुने कार्यक्रमको प्रमुख अतिथिको रुपमा आउनु हुने पुर्व प्रधानमन्त्री प्रचण्डले स्थानिय स्तरमा भएको समस्याको पहिचान गर्नु हुने जानकारी प्राप्त भएको छ ।
सो अवसरमा हालै सम्पन्न निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको सम्मान गर्ने कार्यक्रम समेत रहेको जानकारी प्राप्त भएको छख । कार्यक्रममा गाउंपालिका स्तरिय बिद्यालय स्तरिय नृत्य प्रतियोगिता समेत हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस