२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

स्वस्थ्य रहन कस्तो खाना खाने?


७०८९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष ४, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • हामीले खाएकाे खानेकुरा राम्राेसँग पचेन भने अपच हुन्छ ।

    के खाने ?

    १. नियमित रूपमा समयमै सन्तुलित, हल्का खाना खाने, पुरानाे चामलकाे भात खाने ।

    २. सुत्नुभन्दा तीन-चार घन्टापहिले नै राम्राेसँग चपाएर खाना खाने ।

    ३. खाना खानुभन्दा अगाडि र पछाडि अदुवा र कागतीकाे रस अधा चम्चा लिने र एक चिम्टी नुन मिसाएर खाने ।

    . नरिवलकाे पानी, काँचाे गिरी, दही, मूला, सलगम, गाँजर, प्याज, अनारस, कागती, अदुवा खानासँगै या पछि नियमित रूपमा खाने ।

    ५. बेथुकाे साग र काँचाे मेवा खाने ।

    के नखाने ?

    १. धेरै बासनादार, बासी, आधा पाकेकाे खाना नखाने ।

    २. मीठाे लाग्याे भन्दैमा एकै चाेटी धेरै खाना पनि नखाने ।

    ३. अमिलाे, पिराे, मसला, गरम मसला, बेसनबाट बनेकाे चीज, सुन्तला, टमाटर, कागती, कफी धेरै मात्रामा नखाने ।

    ४. पान, बिँडी, चुराेट, तमाखु, रक्सीबाट टाढै रहने ।

    ५. राती दही नखाने ।

    के गर्ने ?

    सूर्याेदय हुनुभन्दा अगाडि नै उठेर घुम्न जाने र शारीरिक ब्यायम गर्ने ।

    सधैँ नुहाउने ।

    बिहान खाली पेटमा सधैँ एक गिलास पानी पिउने ।

    खाना खाइसकेपछि कफी पिउनु पर्छ, जसले चित्त प्रशन्न पार्छ र स्फुर्ती अाउँछ ।

    खाना खाएपछि तत्कालै धेरै पानी नपिउने ।

    राेग निवारणमा सहायक उपाय

    के नगर्ने ?

    राती धेरैबेरसम्म नबस्ने ।

    खाना छिटाेछिटाे नखाने र बीचबीचमा पानी पनि नपिउने ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार