२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

यी हुन् फूलपाती भित्र्याउँदा चाहिने नौ सामग्री


५६९८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ आश्विन २६, मंगलबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- आज बडादशैँ अन्तर्गत फूलपाती । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँ घर अथवा पूजा कोठामा फूलपाती भित्र्याइँदै छ ।

    विभिन्न वनस्पति र फूललाई फूलपातीका रुपमा घर घरमा वाजागाजासहित प्रवेश गराउने प्रचलन रहेको छ । तर, यस वर्षको फूलपातीमा त्यस्तो हुने छैन । प्रतिकात्मकरूपमा फूलपाती भित्र्याइँदै छ ।

    कोरोनाको महामारी नै भए पनि दशैँ घर तथा पूजा कोठामा फूलपातीकारूपमा विभिन्न नौ सामग्री भित्र्याइदैछ । शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।

    नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको धर्मशास्त्रविद् प्रा.डा.रामचन्द्र गौतमले जानकारी दिए ।

    केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आवाहन गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन्’, गौतमले भने ।

    देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्र्याएपछि नववटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यक्ता नपर्ने पनि प्रा.डा.गौतमले जानकारी दिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार