२०८१ कार्तिक ६, मंगलबार | Tue, 22, Oct, 2024

हुनेखानेलाई र हुँदा खाने बर्गलाई राहतमा समानता ?


१७९५ पाठक संख्या
  • २०८१ कार्तिक ६, मंगलबार मा प्रकाशित ४ घण्टा अघि
  • असोज ११ र १२ गतेको अविरल बर्षात ले गर्दा ठुलो धनजनको क्षति भयो । धेरै वस्तीहरू शोकमा डुबे ‚ कतिपयको घरबार विहीन भएका छन् । हिन्दुहरूको महान चाडपर्वको सुरुवातमै भएको घटनाले गर्दा चाड पर्व समेत खल्लो भयो । सडकहरूमा पहिरो तथा बाडीले वितण्डा मच्चाउँदा मुलुकका विभिन्न स्थानमा आवत जावत लागि अवरोध भयो । जसका कारण अत्यावश्यक सामाग्री ढुवानीमा समस्या मात्रै नभई उपचारको लागि अस्पताल सम्म जान सक्ने अवस्था रहेन । ग्रामीण वस्तीहरूका सडक सञ्चालन गर्ने कार्यको लागि इन्धन अभावले गर्दा हवाई मार्गबाट इन्धनको ढुवानी गर्नुपरेको अवस्था रह्यो ।

    वाडि पहिरोले गर्दा कतिपय पीडितको चुलोमा आगो बलेन । गरिबको रेखामुनि रहेका निमुखा ‚ हुँदा खाने वर्गको ति दर्दनाक पीडालाई मध्यनजर गर्दै महामानव रुपी दयालु मनकारीले आफ्ना बिभिन्न प्रकारको खर्च कटाएर ति हुँदा खाने बर्गको रोदनलाई नियाल्दै आँशु पुछ्ने अपेक्षा गर्दै राहत वितरण गर्न तम्तयार भए । आफन्त तथा साथिभाईहरुसंगको सहकार्य साथै विभिन्न सङ्घ संस्थाहरूसँग हातेमालो गर्दै राहत सङ्कलन गरियो । वितरणको लागि स्थानीय तहका जनप्रतिनिधिहरूसँग सहकार्य गर्दै अगाडि बढे । जनप्रतिनिधिले उपलब्ध गराएको विवरणलाई आधार मान्दै राहत वितरण कार्य सहज ढङ्गबाट नभएको हैन । तर राहतको पोकाको लागि लाइनमा आउने कतिपय सम्पन्न परिवारले राहत वितरण गर्ने कार्यलाई फितलो मात्रै बनाएनन् ति मनकारी मनहरुको मनमा चोट नै पुर्याए ।

    जनप्रतिनिधिले राहतको लागि सिफारिस गर्दा निष्पक्ष ढङ्गबाट गनुुर्को बदलामा विगतमा फुलाइन मत दिएका र भावी दिनमा समेत दिनेलाई समेत समेटियो । वडा कार्यालयमा क्षतिको विवरण सहित निवेदन दिनको लागि सूचना जारी गर्दै गर्दा क्षतिको अवस्थाको पहिचान गरिएन आफू निकटको पहिचान गरियो । सामान्य ढङ्गको कान्लो लडेका ‚ खोलाको छेउको खेतीमा सामान्य भल पसेकाहरू पनि पीडितको सुचीमा राखियो । घरबार विहीन ‚ परिवार विहीन भएका गरिबका रेखामुनि रहेका पीडित र मासिक रुपमा २ लाख भन्दा बडी आयस्रोत भएकाहरूलाई एउटै वर्गमा राखियो । राहत वितरण कार्यमा । राहतको पोका बोक्ने लाइनमा सरकारी जागिरे ‚ पेन्सन बुझ्न वर्ग ‚ विकसित मुलुकमा छोरा छोरी बुहारी रोजगारीमा रहेका वर्गले हुँदा खाने वर्गलाई ठेल मठेग गर्दै अगाडि बढ्नु कति न्यायोचित रहला ?

    धर्मको चेष्टाका साथमा आफूहरूले खाई नखाई पीडितको पीडामा सहकार्य गर्ने मनसायले अगाडि बढेका वर्गले वितरण गर्ने राहतमा दुरुपयोग भएपछि उनीहरूको मन दुख्नु अस्वभाविक हैन । यसरी राहतमा दुरुपयोग हुँदा वास्तविक पीडितले सहयोग पाउने कार्यमा समस्या आउने भएको छ । वास्तविक पीडितको लागि उपलब्ध गराएको राहत सामाग्री गैह्र पीडितले कुम्ल्याउँदै आगामी दिनमा राहतको लागि अग्रसरता गर्नेको मनोबल गिरेको छ । जसले गर्दा हुँदा खाने वाडि पहिरो पीडित समस्यामा गर्नेभए । ति पीडितको उनीहरूको रोदन रोकिने भएन । त्यस्ता पीडितको असुले पीडितका भाग खोस्नेलाई भतभती पोल्नेमा सुनिश्चित छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार