२०८१ फागुन २८, बुधबार | Wed, 12, Mar, 2025

आफ्नै गल्तीले गर्दा डुब्छन् शेयर सदस्य


२१०७ पाठक संख्या
  • २०८१ माघ ३०, बुधबार मा प्रकाशित ३ हफ्ता अघि
  • पछिल्लो समयमा आएर सहकारीमा कारोबार गर्ने शेयर सदस्यहरू डुब्ने गरेको साथै सञ्चालकहरूले हालिमुहाली गरेको भन्ने चर्चा निकै छ । शेयर सदस्यहरूको बचतलाई कुम्ल्याएर व्यक्तिगत फाइदाको लागि आगाडि बढ्नेहरूलाई कानुनी फन्दामा परिरहँदा पनि शेयर सदस्यहरूको बचत फिर्ता दिन सकको अवस्था छैन । सहकारीको स्थापनाकाल निकै लामो भएतापनि दुई दशकदेखि निकै चर्चामा आउन सफल भएको थियो सहकारी संस्था । बैठकहरूले भन्दा छिटो छरितो ढङ्गबाट सेवा दिदैँ जनताको मन जित्न सफल भएको सहकारी संस्थाहरू पछिल्लो समयमा आएर सहकारीको नाउमा केही कलङ्कित व्यक्तिहरूले गर्दा जनताले हेर्ने दृष्टिकोणमा परिवर्तन हुन थालेको छ । विगतमा बैंकहरुले गर्ने व्यवहार झन्झटिलो साथै केकी कतै कर्मचारीहरू आर्थिक प्रलोभनमा पर्ने र सहकारीले निष्पक्ष व्यवहार गरेकोले जनताहरूले तरकारीहरूलाई माया गरेका हुन् ।

    पछिल्लो समयमा आएर केही सहकारीका कलंङ्ककहरुले गर्दा घटनाहरू दिनपरदिन दिन बढ्न थालेको छ । शेयर सदस्यले खाई नखाई बचत गरेको निक्षेपलाई लिएर सहकारी सञ्चालकहरू भाग्ने गर्दा शेयर सदस्यहरूलाई शङ्का उत्पन्न हुनु नौलो होइन । तर जुन सहकारीले नीति सम्वत् नियमित रुपमा साधारण सभा गरेको छ‚ संस्थाको आय व्यय ठिक ढङ्गबाट सार्वजनिक गरेको छ‚ जुन संस्थामा सञ्चालकहरू सामाजिक रुपमा नैतिकवान् साथै इमानदारी छन्‚ जुन संस्थामा सञ्चालकहरूले संस्थाको आर्थिक पक्ष मासिक रुपमा नियाली रहेको छ‚ जुन संस्था स्थानीय रूपमै सञ्चालन भएको छ‚ यस्ता धेरै सकारात्मक पाटो भएका संस्थामा समस्या रहन्न भन्ने विषयमा शेयर सदस्यहरूले चनाखो हुँदै सहकारीको पहिचान गर्न जरुरी रहन्छ ।

    कतिपय स्थानमा डुलुवा घुमन्ते सहकारी समेत आउने गरेका पाइन्छ । जुन खाले संस्थालाई घुमन गएको नयाँ स्थानका शेयर सदस्यहरूको खासै माया गर्दैनन् । घुम्दै आएको मलेवाले गाँड भरेपछि आफ्नै स्थानमा जाने जस्तै हो घुमुवा । संस्थामा रहेका सञ्चालकहरू कस्ता खाले छन् ? साधारण सभाले चुनेका छन् या मनोगत ढङ्गबाट जिम्मेवारी सम्हालेका छन् ? राजनीतिक दलको आडमा सञ्चालकमा चुनिएका छन् वा शेयर सदस्यहरूको चाहनामा निर्वाचित भएका छन् भन्ने विषयमा ध्यान दिन सक्दा शेयर सदस्यहरूमा कुनै शङ्का लिनुपर्ने अवस्था रहन्न ।

    जुन स्थानीय तहमा सञ्चालन भएको तरकारीहरूलाई स्थानीय तहले कत्तिको निगरानीमा राखेको छ ? स्थानीय तहले सञ्चालनको लागि वा शाखा खोल्नको लागि अनुमति दिदा संस्थाको अवस्थाको बारेमा मसिनो ढंगले बुझेर मात्रै सिफरिस दिन जरुरी रहन्छ । जुन निकायको अनुमतिको आधारमा संस्था सञ्चालन हुन्छ भने सो संस्थाले गरेका राम्रा नराम्रा कार्यको जिम्मेवारी सिफारिस दिने निकायनै हुन जरुरी रहन्छ । यदि अनुमति दिने निकाय जिम्मेवार नरहने हो भने अनुमतिको कुनै अर्थ रहन्न ।

    यदि संस्थालाई शेयर सदस्यहरूको मन जित्दै विश्वास हासिल गर्ने हो भने सञ्चालकहरूले संस्थाको अवस्थाको वारेमा जानकारी गराई रहन आवश्यक हुन्छ । सञ्चालकहरू तथा कर्मचारीहरूले निक्षेप लिएर भाग्ने‚ बचतको दुरुपयोग गर्ने‚ आफ्नो व्यक्तिगत फाइदाका ठाउँमा लगानी गर्ने जस्ता क्रियाकलाप रोक्न जरुरी रहन्छ । सहकारीहरूमाथि हुनेगरेको दुरुपयोग लाई रोक्ने साथै शेयर सदस्यहरूको सुरक्षाको ग्यारेन्टी सरकारले साथै संस्था सञ्चालनको लागि अनुमति दिने निकायले गर्नुपर्छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार