२०८३ जेष्ठ २९, शुक्रबार | Fri, 12, Jun, 2026

स्वेच्छा सहकारीले साथ दिए पाँचखाल प्रहरी चौकीलाई‚ साथ र सहयोगले चौकी सञ्चालनमा सहजता


१२३५१ पाठक संख्या
  • २०८२ आश्विन २, बिहिबार मा प्रकाशित ८ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ पाँचखाल नगरकै प्रमुख व्यापारिक केन्द्रमा १५ वर्ष अगाडिबाट सञ्चालनमा आएको स्वेच्छा बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यको हितको साथै सामाजिक कार्यमा समेत निरन्तरता दिदैँ आएको छ ।

    संख्यात्मकलाई भन्दा गुणात्मक लाई प्राथमिकता दिदैँ संस्थाको उद्देश्य अनुसार सामाजिक हितमा कार्य गर्दै संस्थामा आवद्ध शेयर सदस्यहरुको जीवनस्तर उकास्ने साथै ज्येष्ठ सदस्यहरूलाई सम्मान‚ सामाजिक तथा सहकारीमा उत्कृष्ट कार्य गर्नेलाई सम्मान गर्दै हौसला प्रदान गर्ने कार्यलाई समेत निरन्तरता दिदै आएको संस्थाले एक पछि अर्को उल्लेख्य अविस्मरणीय कार्य गर्दै आएको छ ।

    सामाजिक हितको खातिर समेत कार्य गर्दै जाने क्रममा शान्ति सुरक्षामा निरन्तर खटिई रहनुपर्ने सुरक्षा निकाय (प्रहरी) को साथ सहयोगमा समेत जुटेको छ पाँचखालमा रहेको स्वेच्छा सहकारी । भदौ २३ र २४ गते जेनजी युवाहरूले मुलुकमा भ्रष्टाचारको अन्त्य साथै सुशासनको लागी गरेको आन्दोलनको क्रममा भएको घुसपैठले पाँचखाल प्रहरी चौकीमा आगजनि गराएर ध्वस्त पारेका थिए । जसको कारण चौकीमा रहेका प्रहरीहरू बाध्य भएर जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा सामेल भएका थिए ।

    आन्दोलनको क्रममा काठमाडौँमा सरकारको निर्देशन पालना गर्ने क्रममा उत्पन्न भएको असहज परिस्थितिले गर्दा प्रहरीलाई हेर्ने दृष्टिकोणमा फरक आउनु स्वभाविकै हो । चाहे जो सुकै किन नहोस् राम्रो कार्य गर्नेलाई हौसला र नराम्रो कार्य गर्नेलाई चेतावनी । नराम्रो कार्य गर्नेलाई सजाय दिनु अस्वभाविक हैन तर गल्ती नगर्नेलाई सजाय दिनु नकारात्मक कार्य हो । कतिपय स्थानमा जनतासँग नङ र मासुको सम्बन्ध भएको प्रहरीले मुस्कान सहितको सेवा प्रदान गर्दै आएको धेरै उदाहरणहरू छन् । ति मध्य पाँचखाल पनि एक हो । पाँचखाल प्रहरी चौकीमा रहेका प्रहरी तथा ट्राफिक प्रहरी पाँचखाल बासिको मन मुटुमा रहन सफल भएका छन् । कुनै पनि लोभ लालचमा नलागी आफ्नो कर्तव्य पालना गर्दै अगाडि बढेमा पाँचखाल नगरले सम्मान समेत गरेको छ ।

    जनताको मन जित्न सफल भएको अवस्थामा आन्दोलनको बाहनामै पनि चौकी ध्वस्त हुँदा स्थानियको साथ र सहयोगमा सहज ढङ्गबाट सञ्चालनको प्रकृयामा अगाडि बढेको छ । ध्वस्त भएको प्रहरी चौकीको भवनको निरीक्षण गर्दे पाँचखाल नगरका मेयर महेश खरेलले आवश्यक सहयोग गर्ने वतउनु भयो । सोही क्रममा स्वेच्छा बचत तथा ऋण सहकारी संस्थाले चौकीको लागि आवश्यक सामग्री उपलब्ध गराएको छ । सहकारी संस्थाले पाँचखाल प्रहरी चौकीको नियमित कार्य सञ्चालनमा सहयोग पु¥याउने उद्देश्यले आवश्यक फर्निचर‚ स्टेशनरी तथा अन्य कार्यालय प्रयोजनका सामग्रीहरु हस्तान्तरण गरेको छ ।

    सहकारी संस्थाको अध्यक्ष ओमकार श्रेष्ठ समेतको कार्यसमिति पदाधिकारी तथा सदस्यहरु र कार्यालय प्रमुख संतोष नापित समेतले कार्यालय सामाग्री हस्तान्तरण गरेको थियो । सहकारीले उपलब्ध गराएको सामग्री ग्रहण गर्दै प्रहरी चौकीका प्रमुख प्रशान्त तामाङले सहकारी संस्थाप्रति आभार व्यक्त गर्दै भन्नुभयो‚ “आन्दोलनका कारण भौतिक संरचना तथा कार्यालय सामग्रीमा भएको क्षतिपछि यो सहयोग निकै उपयोगी र महत्वपूर्ण बनेको छ । यसले हामीलाई थप सहजताका साथ सेवा प्रवाह गर्न मद्दत गर्नेछ ।”

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु