२०८३ श्रावण ७, बिहिबार | Thu, 23, Jul, 2026

आज ७ माघ २०८२ बुधवार को राशिफल


३६१५ पाठक संख्या
  • २०८२ माघ ७, बुधबार मा प्रकाशित ६ महिना अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    पुरानो कार्य पूरा गर्दै नयाँ कार्यको थालनि हुने समय रहेको छ। आय आर्जनका नयाँ स्रोतले धनमा वृद्धि गराउनेछ। बिशेष व्यक्तिसँगको सामिप्यताले मन प्रसन्न रहला। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    नयाँ कार्य थालनीको सुनौलो सुअवसर प्राप्त होला। कार्यक्षेत्रमा कामको उचित सम्मान र पारिश्रमिक पाईनेछ। कसैको प्रेरणाले गर्दा सोचाईमा केही परिवर्तन हुने सम्भावना छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    सामाजिक कार्यक्रममा सरिक हुने अवसर मिल्नेछ। आफ्नो नाम र गरिरहेको कामले प्रतिष्ठा दिलाउनेछ। मानसिक स्थिरता र ध्यानको माध्यमबाट तनाव व्यवस्थापन गर्नुहोला। स्वास्थ्यमा समस्या आँउनसक्छ सजग रहनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    भावनामा चञ्चलता आँउनेछ। सोचेभन्दा मेहनतको परिणाम सकारात्मक रहनेछ। आर्थिक मामिलामा सतर्कता अपनाउनुहोला। आजको दिन मिश्रित फलदायी रहेको छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    गहिरो र भविष्यप्रभावी सोचले निर्णय लिन सहज बनाउनेछ। सहकार्यबाट पेशागत लाभ प्राप्त हुनेछ साथै साझेदारीमा नयाँ कार्य थालनी होला। भरोसा गर्दाभने सोचविचार अवश्य पुर्याउनुहोला। आर्थिक पक्ष सकारात्मक रहँदा मन ढुक्क हुनेछ। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक १ रहेको छ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    सामूहिक रुपमा योजना गरेर गरेको प्रयासले कार्य सफल हुनेछ। आर्थिक स्थिति स्थिर र सबल रहनेछ। स्वास्थ्यमा श्वासप्रश्वास सम्बन्धित समस्या रहेको छ भने सचेत रहनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    आत्मविश्वास र नेतृत्व क्षमता उच्च रहनेछ तर अहंकारलाई पछाडि राख्नुहोला। पेशागत क्षेत्रमा संघर्ष पश्चात् सफलता मिल्नेछ। आर्थिक पक्ष सामान्य रहला। पारिवारिक सम्बन्ध सुधारमा ध्यान दिनु पर्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    कसैको वचनले मनमा चसक्क लाग्न सक्छ तर धैर्यताले आफु रहनुमा बुद्धिमता छ। धेरै कुराहरु मनमा खेल्नाले मन केही अशान्त रहन सक्छ। आजको दिन यहाँहरुका लागि मिश्रित फलदाई रहेको छ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    छापाखाना र पुस्तकालयसँग सम्बन्धित नयाँ अवसर देखा पर्ने सम्भावना छ। भाईबैनीको माध्यमबाट कार्यसहजताको वातावरण रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। नयाँ योजना प्रारम्भ गर्नको लागि गुरुको आज्ञा मान्दा राम्रो हुन्छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    जिम्मेवारी र काममा व्यस्तता धेरै बढ्नाले आफुमापनि ध्यान दिएर काम गर्नुहोला। अनुशासन र वाणीमा ध्यान नराखे आफ्नाहरु टाढिन सक्छन्। आर्थिक पक्ष सामान्य रहनेछ। स्वास्थ्यलाई लिएर सजग रहनु आवश्यक छ। आजको शुभ रंग नीलो हो भने शुभ अंक ८ रहेको छ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    सोचेका र आँटेका कुरा पूरा हुनेछन्। सेवाको कामगर्दा सम्मान पाईनेछ। आर्थिक अवस्था आज सुदृढ रहनेछ। हितैषी मित्रबाट सहयोग पाईनेछ। आजको दिन खुसियालि र रमाइलोमा व्यतीत हुनेछ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ४ रहेको छ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    स्वास्थ्यमा सजग रहनुहोला। अचानक धनराशि खर्च हुनसक्ने सम्भावना रहेकाले खर्च गर्दा विचार पुर्याएर गर्नुहोला। केही शुभकर्म गर्नुपूर्व भोलेबाबा र माँ गौरीको आराधना गरेर मात्र कार्य सुरुवात गर्नुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार