२०८३ श्रावण ५, मंगलबार | Tue, 21, Jul, 2026

कीर्तिपुर कार आगलागी: जलेर मृत्यु भएका व्यक्ति सुरेशचन्द श्रेष्ठ रहेको पुष्टि


१४३१ पाठक संख्या
  • २०८३ श्रावण ५, मंगलबार मा प्रकाशित ४ घण्टा अघि
  • काठमाडौं, साउन ५ । काठमाडौंको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा कारभित्रै जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार मृतक सुरेशचन्द श्रेष्ठ रहेको पुष्टि भएको छ। उनी आगलागीमा परेको बा ५ च ३०३८ नम्बरको कारका धनी समेत रहेको प्रहरीले जनाएको छ।

    मंगलबार बिहान उक्त कारमा एक्कासि आगलागी हुँदा कारभित्र रहेका श्रेष्ठको घटनास्थलमै जलेर मृत्यु भएको थियो।

    प्रहरीले शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ। आगलागीको कारण र घटनाको वास्तविकता पत्ता लगाउन प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार